s

मलेसियाका फिर्तीकेन्द्रबाट २३ नेपालीको उद्दार

मलेसियाका विभिन्न फिर्ती केन्द्र (डिटेन्सन सेन्टर) मा रहेका २३ जना नेपालीहरुको उद्दार गरिएको छ । विभिन्न अभियोगमा सजाय भुक्तान गरिसकेपछि हवाई टिकट अभावमा फिर्ती केन्द्रहरुमा रहेका उनीहरुको उद्दार गरिएको नेपाली दूतावासले जनाएको छ ।

उद्दार गरिएकामा अधिकांश (१५ जना) सिमोनियास्थित फिर्तीकेन्द्रमा रहेकाहरु छन् भने बुकित जलिल र सेपांगका क्रमशः ३ जना र ५ जना छन् । उद्दार गरिएकामा सबैजना पुरुषहरु छन् । उनीहरुलाई यही फाल्गुन १६, २१ र २८ गते फर्काईएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले त्यस्ता केन्द्रहरुमा लामो समयदेखि रहेका नेपालीहरुमा मानसिक एवं शारिरीक समस्या देखिने भएकाले उनीहरुको उद्दारका लागि उनीहरुसाग भेटघाट गर्ने र दूतावासकै खर्चमा उद्दार गर्दै आइरहेको छ । घरफिर्ती केन्द्रमा रहेकामध्ये कतिपय दूतावास बाहेक परिवार तथा आफन्तको सम्पर्कमा हवाईटिकट उपलब्ध भएमा स्वदेश फर्कन सक्छन् । कतिपयले मलेसियामै रहेका कतिपय नेपाली संघसंस्थाको सहयोगमा उद्दार हुादै आएको छ ।

Published on: 14 March 2019 । Kantipur

Back to list

;