s

मलेसियाका आप्रवासीलाई अस्थायी 'वर्क परमिट'

अर्जुन काफ्ले

मलेसिया मलेसिया सरकारले अवैधानिक आप्रवासी श्रमिकलाई अस्थायी 'वर्क परमिट' दिने घोषणा गरेको छ । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र कामदार अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको गुनासो बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

गैरकानुनी हैसियतमा रहेका आप्रवासी श्रमिकलाई कानुनी दायरामा ल्याउन पटकपटक प्रयास गरेको मलेसिया सरकारले अस्थायी रूपमा काम गर्ने अनुमतिपत्र दिन लागेको यहाँका सञ्चार माध्यमले जनाएका छन् । मलेसियाका उपप्रधान तथा गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएअनुसार अवौधानिक आप्रवासीले तत्काल नै अस्थायी वर्क परमिट पाउने भएका छन् । मलेसिया सरकारको यो घोषणासँगै मलेसियामा रहेका हजारौं अवौधानिक नेपाली श्रमिक लाभाविन्त भएका छन् ।

'मलेसियामा रहेका अवैधानिक आप्रवासी श्रमिकलाई अस्थायी 'वर्क परमिट' दिने घोषणा गरिएको छ । अब अवैधानिक आप्रवासीले वैधानिक बन्न कुनै दण्ड जरिबाना तिर्नुपर्ने छैन', गृहमन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया अध्यागमनले अवैधानिक आप्रवासीका लागि 'वर्क पास' उपलब्ध गराउने र वर्क पास लिएकाले सरकारी लेवी भने तिर्नु पर्नेछ ।

यो घोषणासँगै मलेसिया सरकारले चारवटा क्षेत्रमा आप्रवासी श्रमिक लिने भएको छ । सन् २०२० सम्मका लागि खानी, पर्यटन ,कृषिलगायत क्षेत्रमा थप विदेशी कामदार मलेसिया सरकारले लिने भएको छ । यी क्षेत्रमा पछिल्लो पटक कामदार अभाव देखिएको छ ।

Published on: 19 January 2017 | Annapurna Post

Back to list

;