s

मलेसियाबाट २१ हजार नेपाली फर्किए

विष्णु घिमिरे

साउदी अरेबिया: मलेसियामा कोरोनाभाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने क्रम जारी छ ।

नेपाल एरलाईन्स, हिमाल एरलाईन्स, मलेसिया एयरलाईन्स, मलिन्डो एयर चार्टर्ड उडानबाट हालसम्म २१ हजार ३ सय ४० जना स्वदेश फिर्ता भएका छन् ।

मलेसियास्थित नेपाली दूतावासले हरेक हप्ता शुक्रबारका दिन आफ्नो फेसबुक पेज एम्बेसी अफ नेपाल मलेसिया मार्फत् मलेसियामा कार्यरत नेपालीलाई पर्न गएको समस्या समाधानको लागि लाइभ कार्यक्रम समेत संचालन गर्दै आएको छ भने समस्या समाधान लगायत अन्य जानकारीका लागि सम्पर्क हटलाईन नम्बर +६० ०१६२४७२७७७ उपलब्ध गराएको छ ।

मलेसियामा कोरोना भाइरसबाट हालसम्म ७० हजार २ सय ३६ जना संक्रमित हुनुको साथै ३ सय ७६ जनाको मृत्यु भएको छ भने ५९ हजार ६१  जना निको भएका छन् ।

Published on: 4 December 2020 | Annapurna Post

Link

Back to list

;