s

मलेसियाबाट १८ जना फिर्ता

काठमाडौं– मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटी त्यहाँका विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका १८ जनालाई नेपाली दूतावासले स्वदेश फर्काएको छ। स्वदेश फर्कने अनुमतिका साथ स्थानान्तरण गरिएका तर टिकट किन्ने रकम नहुँदा लामो अवधि घरफिर्ती केन्द्रमा परेका १८ जनालाई मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर नेपाल पठाइएको हो।
 
'मलेसियाको बुकिट जलिलमा रहेको, डिपो इमिग्रेसनमा दस दिनअघि गएको दूतावासको टोलीले त्यस क्याम्पमा अभियोगबाट मुक्ति पाई लामो समयदेखि बसेका सबै नेपालीको उद्धार गरिएको छ,' मलेसियास्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
 
दूतावासले स्वदेश फर्काएकामा नेपालीमा सर्लाहीका भीमबहादुर घलान, उदयपुरका अमरबहादुर विक, बाग्लुङका होमबहादुर पुन, नुवाकोटका प्रेमबहादुर तामाङ र गणेशबहादुर तामाङ, मोरङका अमरबहादुर खड्का, दाङका कृष्णबहादुर चन्द, तेह्रथुमका चेतन लिम्बु र सिन्धुपाल्चोकका छिरिङ तामाङ छन् । यस्तै, घरफिर्ती केन्द्रबाट स्वदेश फर्काइएका अन्य नेपालीमा चितवनका अरविन्द्र चौधरी र सुरेश लामा, सर्लाहीका सिंगेलाल वाइबा, सुनसरीका अनिल थेबे, दाङका गेहेन्द्र हमाल, दार्चुलाका राकेशबहादुर चन्द, रुपन्देहीका भीमसेन चौधरी, सिन्धुलीका पदमबहादुर मुडेल र रोल्पाका मुमनसिंह घर्ती मगर छन् ।
 
Published on: 6 April 2016 | Nagarik

Back to list

;