s

मलेसिया पुगेका वम दुई हप्तामै रित्तो हात घर फर्किए

धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ ।मलेसिया पुगेको छ दिनमै बेपत्ता भएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।
 
रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुगेका उनी फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए। मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए। बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन भएका उलाई १६ घण्टापछि फेला पारिएको थियो ।
 
खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उहाँलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उनलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएका हुन्।
 
राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ ।
 
Published on: 22 March 2018 | Setopati

Back to list

;