s

मलेसिया मेडिकलको गाँठो फुकाउन तयार

मलेसियाका मानवशंशाधन मन्त्री र राजदूतबीच भेट

होम कार्की

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यसँग जोडिएको गाँठो मंगलबारसम्म फुकाउन तयार देखिएको छ । मलेसियामा नेपाली कामदार जान एक वर्षदेखि रोकिएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री कुला शेराघनबीच बिहीबार पुत्राजयमा भएको द्विपक्षीय भेटमा आउँदो मंगलबारसम्म स्वास्थ्यको विषय टुंग्याउन मलेसिया तयार भएको बताइएको छ। 'स्वास्थ्य परीक्षण गर्ने संस्थाको विषयकै कारण मलेसिया नखुलेको हो। उहाँहरू (मलेसिया)ले गृह मन्त्रालयसँग छलफल गरी मंगलबारसम्म उपाय दिन्छौँ भन्नुभएको छ,' पाण्डेले कान्तिपुरलाई भने,'हामी सकारात्मक आशा लिएर फर्किएका छौँ।'
 
बैठमा पाण्डेले मलेसियाको स्वास्थ्य मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने भन्दै तत्काल अनुगमन टोली पठाइदिन अनुरोध गरेका थिए। श्रम मन्त्रालयले मलेसियाको लागि स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थासँग आवेदन माग गरेको छ। जसमा ४७ वटा संस्थाले आवेदन दिएका थिए। मलेसियाबाट प्राविधिक टोलीको छनोट पर्नेले मात्रै काम गर्न पाउनेछन्।
 
'नेपालमा रहेको ३९ वटा स्वास्थ्य संस्था बेस्टिनेट कम्पनीले छानेको हो। गृहमन्त्रालयसँग सम्झौता गरे अनुसार बेस्टिनेटको समय अझै डेढ वर्ष बाँकी छ,’ उनले भने,'उहाँहरूले गृहसँग छलफल गरी हामीलाई उपाय दिने भन्नुभएको छ।'
 
Published on: 24 May 2019 | Kantipur

Back to list

;