s

मलेसिया कामदार पठाउन समस्या भएपछि संघका प्रतिनिधि क्वालालाम्पुरमा

भिएलएन, जिएसजी, ओएसजी, माइग्राम लगायतका संस्था सरकारले खारेजको घोषणा गरेपछि अहिले मलेसिया जाने कामदार बिचल्लीमा परेका छन् ।कामदारलाई आर्थिक भार परेको भन्दै श्रम मन्त्रालयले यी संस्था खारेज गर्ने निर्णयपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले समस्या सामाधानका लागि पहल थालेको छ। संघको प्रतिनिधित्व गर्दै प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचका महासचिव डिकबहादुर खत्री अहिले मलेसियामा छन् ।
 
उनी नेतृत्वको नेपाली टोलीले मलेसिया सेक्युरिटी संघ (PPKKM ) FMM लगायतका कामदार माग गर्ने कम्पनीका अधिकारीहरुलाई भेटेका छन् । समस्या समाधानका लागि मलेसियन सरकारलाई घचघच्याउन संघले मलेसिया सेक्युरिटी संघलाई अनुरोध गरेको छ।
 
भिएलएन, जिएसजी, ओएसजी, माइग्राम खारेजीको घोषणापछि यी संस्थाहरु बेगर कामदार आपुर्ति गर्ने वातावरण मिलाउन संघले मलेसिया सेक्युरिटी संघ र एफ. एम .एम लाई अनुरोध गरेको छ। मलेसिया सेक्युरिटी संघका अधिकारीहरुले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराउने आश्वासन दिएका छन् । 
 
भिसा प्रशोधन र स्टाम्पिङ्गको काम भिएलएन, जिएसजी, ओएसजी, माइग्राम बेगर नै सुरु गर्न हामीले आग्रह गरेका छौं, खत्रीले भने ।
 
श्रम रोजगार तथा समाजिक सुरुक्षा मन्त्रालयले यी संस्था खारेजीको घोषणा गरेपछि कलिङ्ग भिसा प्राप्त ७ हजार र भिसा स्टाम्पिङ्ग भएका १५ सय कामदार समस्यामा परेका छन ।
 
Published on: 4 July 2018 | Setopati

Back to list

;