s

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका १ सय ३८ संस्था फेल

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका १ सय ३८ संस्था फेल भएका छन्।मेलेसियासगँको श्रम सम्झौताको समयमा नेपाल सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाउनुपर्ने र सोही आधारमा संस्थाको छनौट हुने समझदारी गरेको थियो।

सोही समझदारीको आधारमा मलेसियन सरकारले स्वास्थ्य परिक्षण गर्ने संस्थाको मापदण्ड पठाएको थियो। मलेसियाले पठाएको मापदण्डको आधारमा २ सय ९० स्वास्थ्य संस्थाहरुले आवेदन दिएकोमा मन्त्रालयबाट खटिएकमा प्रविधिक सहितको टोलीले गरेको स्थलगत अनुगमनको क्रममा १ सय ३८ संस्थाको मापदण्ड पूरा नभएको मन्त्रालयले जनाएको छ।

यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ वटा स्वास्थ्य संस्थाहरुको एकाधिकार थियो। ३७ वटा स्वास्थ्य संस्थाहरुमध्ये ग्वार्कोस्थित सुनापति पोलिक्लिनिक एण्ड हेल्थ सेन्टर प्राली पनि स्वास्थ्य परिक्षणको लागि अयोग्य ठहरिएको छ।

Published on: 6 July 2019 | Setopati

Back to list

;