s

मलेसियाबाट शव आयो

मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव दुई महिनापछि नेपाल ल्याइएको छ । क्वालालम्पुरस्थित 'द वेस्ट रेन्टल सर्भिस एचबीएनबीएचबी' कम्पनीबाट भागेर होटलमा काम गर्ने क्रममा ज्यान गुमाएका खोटाङ खिदिमा ६ का २३ वषर्ीय सिंहराज राईको शव काठमाडौं ल्याइएको हो । पेट दुख्ने र झाडापखाला लाग्ने लक्षण देखिने रोगका कारण फागुन १५ गते सुतेकै ठाउँमा उनको मृत्यु भएको थियो । 

राईको शव वैदेशिक रोजगार प्रवर्धर्न बोर्डको सहयोगमा ल्याइएको सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्र खोटाङले जनाएको छ । अहिले मृतक परिवारको क्षतिपूर्तिर्का लागि पहल भइरहेको सूचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जनाए । क्वालालम्पुरस्थित केलाङ अस्पतालमा उपचार क्रममा राईको ज्यान गएको थियो । अवैध काम गर्ने क्रममा ज्यान गुमाएका कारण शव नेपाल फर्काउन समस्या भएको थियो । राई वैदेशिक रोजगारीका सिलसिलामा लगनखेलस्थित अरुण मेनपावर कम्पनीबाट एक वर्षअघि मलेसिया पुगेका थिए ।

Published on: 3 May 2013 | Kantipur

Back to list

;