s

मलेसियाबाट फर्काइएका देवकुमारले आमा र श्रीमतीलाई नै चिनेनन्

रामचन्द्र नेपाल

नेपाली दूतावास मलेसियाका द्धितीय सचिव प्रेमराज गौतम निकै हतारमा थिए । सोमबार विहान ९ नवज्दै अफिस पुगेका गौतमको हातमा एउटा फाइल थियो । फाइलको बाहिर लेखिएको थियो देवकुमार थापा ।

प्युठान ओख्रेका देवकुमार थापा जो आठ वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । मार्च ३ तारिखका दिन सडक दुर्घटनामा परेर कोमामा रहेका थापालाई सोमवार नेपाल पठाउने तयारीमा रहेका गौतम भने कुनै वेला नेपालमा रहेका थापाका आफन्तहरुलाई फोन गर्नमा ब्यस्त थिए भने कुनै वेला मलेसियाबाट थापालाई लिएर जाने डाक्टरसँग समन्वय गर्दै थिए ।
 
कोमामा रहेका थापालाई नेपाली दूतावास मलेसियाले दुई पटकसम्म नेपाल पठाउने तयारी गरेको थियो । तर, विभिन्न कारणहरुले सम्भव नभएकोमा सोमवार मात्र सहज बनेको थियो । अस्पतालमा तिर्नुपर्ने आरएम २१ हजार ५ सय अर्थात (करिब ६ लाख), नेपालसम्म बिरामीको लागि रेखदेख गरेर लैजानु पर्ने डाक्टर, केलाग अस्पतालवाट क्वालालम्पुर विमानस्थलसम्म ल्याइपुर्‍याउने एम्वुलेन्सदेखि अध्यागमनको सबै काम नेपाली दूतावास मलेसियाले मिलाएको थियो ।
 
नेपाल एयरलाइन्समार्फत सोमबार साझँ काठमाडौं ओर्लिएका थापाले आमा पच्ची थापा, श्रीमती डोरमती थापा अनि काठमाडौमा बसेर पढिरहेका भतीज होमबहादुर थापा कसैलाई पनि चिनेनन् । क्वालालम्पुरबाट गएको डाक्टरको टोलीलेे ट्रमा सेन्टरको इमर्जेन्सी विभागबाट आएको डाक्टरसहितको त्रिभुवन अन्तर्राष्टिय विमान स्थलमै देवको अवस्थाबारे जानकारी गरायो । पीएनसीसीले एयरपोर्टबाट अस्पतालसम्मजाने एम्वुलेन्सको ब्यवस्था गरेपछि सबैजना वीर अस्पतालको ट्रमा सेण्टरमा पुगेर उपचार थाले ।
 
देवको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन । १५ वर्षकी छोरी अनि ११ वर्षको छोरालाई श्रीमतीले साहुको भारी बोकेर आएको पैसाले पढाइरहेकी छन् । ‘कमाई राम्रो छैन भनेर सधै भनिरहने कमाइ नभए र्फकेर आउनु, आउनलाई पैसा पुग्दैन भनी म यहिबाट श्रृण खोजेर भएपनि पठाइदिन्छु भनेर पटकपटक भनिरहे तर उहाँले हाम्रा कुरालाई कहिल्यै पनि सुन्नु भएन,’ श्रीमती डोरमतीले भनिन्, ‘आज यो अवस्था आइपरेको छ ।’ अहिले देवको उपचारको लागि फेरि पनि गाउँकै साहुसँग २ लाख ५० हजार श्रृण काढेर परिवार देवको उपचारको लागि काठमाडौ आएको छ ।
 
देवले मलेसिया आएपछि पैसा पठाएनन । बरु कहिले परिवारसँग सम्पर्कमा हुने त कहिले सम्पर्कमा नआउने गरेर ८ वर्ष विताए । मलेसिया आउनु अगाडि उनी कतारमा थिए । त्यहाँपनि अवैधानिक भएको अवस्थामा प्रहरीले प्रकाउ गरेपछि मात्रै नेपाल फर्किएका थिए । देव मलेसिया आउँदा भने परिवारलाई हेरेनन । एक लाख २० हजार रुपैयाँ ऋण लागेको थियो त्यो रकम भाइले कतारमा पुगेर तिरिदिएका थिए ।
 
Published on: 20 July 2018 | Onlinekhabar

Back to list

;