s

मलेसिया उडान कटौती

राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगम र निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा गर्दै आएको व्यवसायी उडानमा कटौती गरेका छन्।
 
हवाई यात्रु कमी हुन थालेपछि हिमालय एयरलाइन्सले काठमाडौं–क्वालालम्पुर सातामा दुईवटा मात्रै उडान गर्न थालेको छ। यसअघि सातामा पाँचवटा उडान गरे पनि लोड कम हुन थालेपछि उडान कटौती गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। ‘यात्रु पाएको अवस्थामा उडान गर्ने हो’, उनले भने, ‘यही अवस्थामा यात्रु घट्दै जाने हो भने यो उडान पनि घट्छ।’ यसैगरी नेवानिले पनि मलेसियामा गर्दै आएको उडान कटौती गरेको छ। नेवानिले सातामा चार उडान गर्दै आएको थियो।
 
यात्रु संख्या कम हुँदै गएका कारण उडान कटौती गर्नुपरेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। नेवानिले तत्कालको अवस्थामा एउटा उडान कटौती गर्ने निर्णय गरेको उनको भनाइ छ। अब नेवानिले मलेसियामा सातामा तीनवटा मात्रै उडान गर्नेछ।
 
रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैधानिक रूपमा रकम असुली गर्ने संस्था सरकारले बन्द गर्ने निर्णय गरेपछि मलेसिया जानेको संख्यामा कमी आएका छ। यसको प्रत्यक्ष असर एयरलाइन्स कम्पनीमाथि परेको छ।
 
Published on: 19 June 2018 | Annapurna Post

Back to list

;