s

मलेशिया रोजगारीमा उत्पन्न संकट र समाधान

यमप्रसाद अधिकारी

वैदेशिक रोजगार हामी नेपालीको वाध्यता हो । देशमा रोजगार नपाईने र पाईहाले पनि सामान्य गुजारा भन्दा अरु केहि गर्न नसकिने यर्थाथले मानिस बाध्य भएर रोजगारीको लागि आफनो परिवार, देश सवै छाडेर सुन्दर सपनाको लागि,सुरक्षित भविष्यका लागि,न्यूनतम जिवनयापनको लागि विदेशिन पर्ने आम नेपालीको अवस्था छ ।

२०४८ साल पछि सरकारको उदार अर्थनीतिले गर्दा नीजि क्षेत्रको एकल प्रयासमा वैदेशिक रोजगारीको माध्यमवाट लाखौंलाख व्यक्ति लाभान्वित भएका छन् । गाउँको मुहार फेरिएको छ, अति विपन्नको अवस्था मध्यमस्तरमा वदलिएको छ । शिक्षा र स्वास्थ्यको पहुँच निम्नवर्गमा पनि पुग्न थालेको छ,अझै देशको चलायमान अर्थतन्त्रको निम्ति वैदेशिक राजगारी मेरुदण्ड सावित नै भईसकेको छ । वढ्दो व्यापार घाटा परिपूर्ति गर्नको लागि, विदेशी मुद्रा आर्जनको लागि त यो कोसेढुगां नै सावित भएको छ । अहिलेको हाम्रो देशको आर्थिक अवस्था हेर्दा यसको विकल्प,अर्थतन्त्रमा यसको योग्दान अन्य कुनैपनि क्षेत्रसंग तुलना नै हुन सक्दैन । यो कटु सत्य हामीले देखेको छौ अनि भोगेको पनि छौं । वेदेशिक रोजगारी सरल,सहज,सुरक्षित,मर्यादित,अनुशासित र पूर्ण जिम्मेवारी हुनुपर्छ भन्ने सवैको चासोको विषय हो । देशमै रोजगारीको सिर्जना गरि अत्मनिर्भर हुदै जानु एकतर्फ टड्कारो आवश्यकता छ भने अर्कोतर्फ स्वदेशमा पूर्ण रोजगारको अवस्था नहुन्जेल वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित वनाउदै लैजानुपर्ने आजको आवश्यकता छ ।
 
देशमा लामो समय सम्म स्थायी सरकार कायम हुन सकेन । वहुमतको सरकार पनि अल्पआयुमै ढल्नु, ९,९ महिनामा सरकार फेरिईरहने,मन्त्री फेरिईरहने अस्थिर राजनीतिले गर्दा त्यसको असर देशका सवै तहतप्कामा हरेकजसो निकायमा परेको देखिन्छ । अस्थिर राजनीतिको फाइदा उठाउदै अवसरवादीले आफनो व्यक्तिगत स्वार्थ पूरा गर्न अनेक किसिमका हत्कण्डा मच्चाउदै आएको पाईन्छ यस्तो प्रवृत्तिमा वैदेशिक रोजगार क्षेत्र पनि अग्रपंक्तिमा छ ।
 
हाल देशमा पूर्णवहुमत अझै दुइतिहाई वहुमतको सरकार संचालनमा छ । सवैले यस सरकारबाट सकरात्मक कुराको अपेक्षा गरेका छन । वर्षौदेखिको विकृति विसंगति, विभिन्न नाममा खडा गरिएका सेन्डीकेटधारी अफिस,संगठित एवं मिलेमोतोमा राजनीतिक आडमा चलाइएका अपारदर्शी क्रियाकलापलाई तोड्ने, भत्काउने प्रयास शुरु भएको छ । यसले सकारात्मक उर्जा प्रदान गरेको छ ।
 
वैदेशिक रोजगारको क्षेत्रमा पनि केहि सिमित व्यक्तिले सिमित संस्थाको नाउँमा विगत लामो समय देखि सिन्डकेट चलाउँदै आएको कुरा जगजाहेर नै छ । सर्वसाधारण गरिव जनतालाई अझै गरिव वनाउदै आएको पाईन्छ । अझै मलेशियाको हकमा त ४,५ वटा नयाँ नयाँ नाम मात्रका ठगी कम्पनी खोली अरवौं रुपैयाँ गरिव जनतासंग लुटने क्रम नयाँ सरकारका प्रतिभावान श्रम मन्त्री गोकर्ण विष्टले भंग गरिदिनु भयो आमसर्वसाधारणको लागि यो स्वागतयोग्य छ ।
 
सेन्डीकेटवालाल माथिको कारवाही प्रक्रिया पछाडि अहिले झण्डै एकमहिना हुन लागेको छ । मलेशियाको रोजगाारी वन्द भएको अहिलेको अवस्थामा मलेशिया नै नेपालीको लागि एकमात्र आकर्षक रोजगारीको केन्द्र बनेको छ । खाडी देशको संकट पछाडि दुवई भिषाको लामो झन्झटिलो प्रक्रियाले गर्दा नेपालकै जस्तो हावापानी, भित्रको काम, लेभि फ्री हुनु, मलेशियन पैसा झण्डै २७ रुपैयामा पुग्नु आदी विविध कारणले गर्दा शिक्षित अशिक्षित सवैको लागि मलेसशया आर्कषणको केन्द्र वन्न पुगेको छ ।
 
सेन्डीकेट अन्त्य भईसकेको एक महिना हुदैगर्दा पनि मलेशिया सरकारको तर्फबाट कुनै औपचारिक जानकारी नआउदा कतै मलेशियाको रोजगारी नै सदाकोलागि वन्द हुन लागेको त हैन भन्ने आशंका उत्पन्न भएको छ । यहाँका कार्यवाहक राजदुतले पटक पटकका अन्र्तवार्तामा मलेशिया सरकारकै स्वीकृतिमा यी सस्था चलेकोले अन्य विकल्प छैन भनी भनिरहनुले आम नेपाली लाखौंलाख जनतामा कतै यहि कारणले मलेशियाको रोजगारी सदाका लागि वन्द हुने त होईन भन्ने चिन्ता थपिन थालेको छ । यसलाई मन्त्रीले पहल गरिरहनु भएको पक्ष सकरात्मक नै छ तर ठोस परिणाम नआइपुगेकोले अझै माथिल्लो निकाय पररााष्ट्र वा नभए प्रधानमन्त्रीको तहवाट भएपनि यसलाई तत्काल समाधान गर्नु पर्छ भन्ने मान्यता हाम्रो हो ।
 
हाम्रो मुलुकबाट कामदार पठाउन वन्द गरियो भने पनि रोजगारदाताले निश्चयनै अन्य मुलुकवाट कामदार लैजाने प्रकृया शुरु गर्छन । लामो समय कुर्न सक्ने अवस्था हुँदैन । कामदार लैजान पनि एप्रोवल निस्केको अवस्था फ्याक्ट्रीमा कामको चापको अवस्था लगायतका आफनै प्रकृया छन् । हाम्रो तर्फवाट जति विलम्व हुदै जान्छ उति हाम्रो देशमा परेको कोटा कटाई अन्य देशवाट कामदार पुगिसक्छन् । त्यतिवेला हामीले पछुताउनु वाहेक केहि हुने छैन । साउदी अरवले सैनिक कारवाहीको धम्की कतारलाई दिइरहेको अवस्थामा मलेशियाको रोजगारी पनि वन्द हुन पुग्यो भने हाम्रो देशको लागि दुर्भाग्य हुनेछ । गरिवको दर व्यापक मात्रामा बढ्नेछ । यस तर्फ तत्काल सुझवुझका साथ व्यापक समीक्षा गर्दै सवै पक्ष लचिलो भएर खुल्ला गर्नेतर्फ अग्रसर हुन सम्पूर्ण अग्रज व्यवसायी मित्र,व्यवसायीको प्रतिनिधिमुलक संस्था वैदेशिक रोजगाार व्यवसायी संघका अध्यक्ष लगायतका पदाधिकारी तथा माननिय श्रममन्त्री समक्ष हार्दिक अनुरोध गर्दछु । जो पहिला कायम रहेको नियम वमोजिम अगाडिनै पूर्व स्वीकृति प्राप्त गरि मेडिकल लगायत सवै प्रकृया पुरा गरि कलिङ भिषा प्राप्त गरिसकेका व्यक्तिको हकमा समेत अन्तिम स्वकृति वन्द गरिएको अवस्था छ ।
 
यसलाई तत्काल फुकुवा गरि सहज वातावरणको अवस्था सिर्जना गर्न समेत म सरोकारवाला सवै पक्षसंग हाार्दिक अनुरोध गर्दछु ।
 
Published on: 8 June 2018 | Madhyanha

Back to list

;