s

मलेसिया जाने कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन कुटनीतिक पहल, अर्कोतर्फ ठगी मुद्दा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्। मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग भएको टेलिफोन वार्तामा उनले कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन आग्रह गरेका हुन्।
 
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ । मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छ ।
 
परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणको बारेमा जानकारी दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाएको पनि मन्त्रालयले जनाएको छ ।
 
यसैबीच मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको भन्दै पक्राउ भिएलएनका अध्यक्ष राम श्रेष्ठसहित ३० भन्दा बढी मेडिकल ब्यवसायी अहिले धराैंटीमा छुटेका छन् । उनीहरुमाथि लगाइएको ठगी मुद्दा अदालतमा बिचाराधिन छ।
 
नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई मन्त्रीले आग्रह गरेपछि उनीहरुमाथी चलाइएकाे कारबाही प्रक्रियामा प्रश्न उब्जिएको छ।
 
'सरकारले एकातिर मलेसियासँग शुल्क हटाइदिन कुटनीतिक  आग्रह गर्ने अर्को तर्फ तिनै मलेसियाले  जिम्मा दिएका कम्पनीका संचालकहरुमाथि ठगी मुद्दा चलाउने एक कानुन ब्यवसायीले भने,' यसले गर्दा उनीहरुमाथी चलाइएकाे कारबाही प्रक्रियामा प्रश्न उब्जिएको छ। सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने ती ब्यवसायीकाे सुझाव छ।
 
Published on: 5 July 2018 | Setopati

Back to list

;