s

‘मलाई र छोरालाई श्रीमानले बेचे’

यज्ञराज थापा

भारतको बेंगलोरमा बेचिएका महिला र बालकको उद्धार गरिएको छ । श्रीमान्बाट बेचिएकी महिला र उनका छोरालाई भारतको बेंगलोरबाट उद्धार गरिएको हो । उद्धार गरिएका महिलाको उमेर १८ र छोराको २ वर्ष रहेको र उनीहरूको घर दैलेख रहेको बुझिएको छ । भारतमा बेचिएकी ती महिला र बालकको माइती पक्षले गत जेठ ९ गते मानव बेचबिखन तथा ओसारपोसरमा परेको भन्दै दिएको जानकारीका आधारमा उनीहरूलाई उद्धार गरिएको हो ।

दुई वर्षदेखि परिवारसहित बेंगलोर साझापुरमा बस्दै आएको र श्रीमान्ले आइकन कम्पनीमा काम गर्दै आएको उद्धार गरिएकी महिलाले बताएकी छन् । चार महिनाअघि श्रीमान्ले आफू र छोरालाई बेचेको उनको भनाइ छ र्।  बजार घुम्न गएका बेला श्रीमान्ले ‘तिमी कोठामा जाउँ, म एकछिनपछि आउँछँ भन्नुभयो ।’ उनले भनिन्, ‘म कोठामा पुग्नेबित्तिकै एक्कासि नचिनेका व्यक्तिहरूले जबर्जस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाए ।’ होस खुलेपछि ती अपरिचित व्यक्तिहरूले हामीले २ लाख २० हजार भारतीय रुपैयाँमा तिम्रो श्रीमानबाट किनेका हौं भने । अनि मात्र आफू बेचिएको थाहा पाएको उनले दुखेसो गरिन् । तीन वर्षपछि तिम्रो छोरालाई हामीले लैजाने हो भन्दै दिनुहुँ मानसिक तनाव दिने गरेको ती महिलाले बताइन् ।
 
उनका अनुसार अपरिचित व्यक्तिहरूले उनीहरूलाई प्लास्टिक कारखानामा लगेर दिनहुँ मानसिक तनाव दिने गरेका गर्थे । उनी वर्ष दिनअघि श्रीमानसंगै भारत गएकी र ६ महिनाअघि मात्रै बेंगलोरमा बस्न थालेकी थिइन् ।
 
बेचबिखनमा परेको भन्दै माइती पक्षले दिएको निवेदनका आधारमा दैलेख जिल्लामा महिला तथा बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएकी महिला र बालकलाई थप मनोपरापर्श सेवा तथा अन्य सहयोगका लागि शक्ति समूह काठमाडौं पठाइएको बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले बताइन् ।
 
Published on: 11 June 2018 | Annapurna Post

Back to list

;