s

मजदुरलाई रोजीरोटीको समस्या

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङका गुणराज पाण्डेले गाडी चालक भएर काम गर्न थालेको १७ वर्ष भयो । तर अहिले बेरोजगार भएर बस्नुपरेको छ । कोभिड–१९ को त्रासले लकडाउन भएर यातायातका साधन ठप्प हुँदा उनी अहिले कामविहीन छन् ।

धादिङका गुणराज पाण्डेले गाडी चालक भएर काम गर्न थालेको १७ वर्ष भयो। तर अहिले बेरोजगार भएर बस्नुपरेको छ। कोभिड–१९ को त्रासले लकडाउन भएर यातायातका साधन ठप्प हुँदा उनी अहिले कामविहीन छन्। ‘यो हामीलाई मात्र परेको समस्या होइन,’ उनले भने, ‘विश्वलाई परेको समस्या हो, त्यसैले यस्तै हो भनेर चित्त बुझाएर बसेका छौं।’ उनी गोरखाको आरुघाटदेखि काठमाडौं रुटमा यात्रु बस चलाउँछन्। उनको तीन जनाको परिवार छ।

उनकै आम्दानीले परिवार पालिएको छ। ‘सोमबारबाट लामा दूरीका गाडी चलाउन रोक लगाइएपछि आइतबार राति नै हरमटारी बसपार्कमा गाडी थन्क्याएर घर आएँ,’ उनले भने, ‘सबैतिर त्रास छ, त्यसैले परिवारसँग घरमै बसेको छु।’

यो समस्या पाण्डेको मात्र होइन। मेचीदेखि महाकालीसम्मका गाडी चालक र सहचालकको समस्या हो। तीन दशकदेखि गाडी चलाउने काम गर्दै आएका हेटौंडाका विदुर शिवाकोटी पनि गाडी थन्क्याएर घरमै छन्। झापाको काँकडभिट्टादेखि काठमाडौं नाइटबस चलाउने उनी झापामा गाडी थन्क्याएर हेटौंडा घरमा बसेका छन्।

‘सबैलाई पीडा भएका बेला हामीलाई मात्र छ भन्न मिल्दैन,’ उनले भने, ‘संसारलाई हेरेर चित्त बुझाएर बस्नुको विकल्प छैन।’ यही अवस्था रहिरहे बालबच्चा पढाउन र कोठा भाडा तिर्न समस्या हुने उनले बताए। ‘अहिले समस्यामा नपर्ने को छ?,’ उनले भने, ‘मर्नुभन्दा दुई–चार दिन भोकै बस्दा फरक पर्दैन।’

सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसँगै चालक र सहचालक बेरोजगार बनेका छन्। दैनिक ज्यालादारी (भत्ता) मा काम गर्दै आएका उनीहरूले गाडी चलाउन नपाएपछि परिवार पाल्न धौधौ पर्ने गुनासो गरेका छन्।

‘समस्या आएको पहिलो महिनामै यसरी बेतलबी बिदा दिनु राम्रो होइन,’ अर्थविद् विश्व पौडेलले भने, ‘सामान्यतया पहिलो महिनाको पूरा तलब दिने, दोस्रो महिनामा नसक्ने स्थिति भयो भने आधा दिने भन्ने हुन्छ, यस्ता कुरा मानवीय रूपमा हेरिनुपर्छ।’

देशभर यातायात सेवा ठप्प छ। बसपार्क, सडक र घरमा बस पार्किङ गरिएका छन्। नेपालभर साढे तीन लाख सवारीसाधनले यात्रु बोक्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्। ‘आइतबार रातिसम्म गाडी चले,’ उनले भने, ‘अहिले थन्किएका छन्, तर बैंकको ब्याज भने उठिरहेको छ।’ मालवाहकसहित साढे चार लाख सवारीसाधन सञ्चालनमा छन्। ‘यो क्षेत्रमा करिब २१ लाख रोजगार छन्, उनीहरूकै कमाइमा परिवार आश्रित थियो,’ उनले भने। तथ्यांक विभागका अनुसार २ करोड ९३ लाख जनसंख्यामध्ये यातायात क्षेत्रबाट मात्र ७ प्रतिशत रोजगार छन्।

प्रायः चालक, सहचालकले दैनिक भत्तामा काम गर्छन्। मासिक पारिश्रमिक भने थोरै हुने यातायात व्यवसायी बताउँछन्। ‘एउटा चालकले मेचीबाट महाकाली यात्रु पुर्‍याएपछि साँझ त्यो दिनको भत्ता पाउने गर्छ,’ उनले भने, ‘अहिले गाडी बन्द भएपछि उनीहरू भत्ताबाट वञ्चित छन्।’ तर दैनिक कमाएर गाडी लिएको मासिक किस्ता बैंकहरूलाई तिर्न आफूहरूलाई गाह्रो पर्ने उनको भनाइ छ। ‘गाडी नै नचलेपछि के आम्दानीले किस्ता तिर्ने? यसबारे पनि सरकारबाट सम्बोधन होस्,’ उनले भने। यातायात क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी छ।

यातायात क्षेत्रमा जस्तै होटल तथा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीसमेत बेतलबी बेरोजगार छन्। सार्वजनिक यातायात, होटल तथा रेस्टुरेन्ट र अन्य व्यापार व्यवसायमा संलग्न कामदारलाई अहिले बेतलबी बिदा दिइएको छ।

द्वारिका होटलमा ८ वर्षदेखि काम गर्दै आएका सिन्धुलीका प्रमेश देवकोटा अहिले बिदामा छन्। ‘सरकारले लकडाउन गरेकै दिनबाट होटल बन्द भयो, त्यही दिनबाट बिदामा छौं,’ उनले भने। अहिले तलब दिने नै गरी होटलले बिदा दिएको उनले बताए। फुड एन्ड वेभरेज एक्जुकेटिभका रूपमा काम गर्दै आएका उनी यस्तो बेला आफ्नो स्वार्थ मात्र हेर्न नहुने बताउँछन्। ‘अहिले समस्या आइसकेको छैन,’ उनले भने, ‘भोलि अवस्था लम्बिँदै गयो भने के, कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा होटल व्यवस्थापनसँग बसेर छलफल गरी अघि बढ्छौं।’

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेका अनुसार होटलमा काम गर्नेहरूलाई पनि लकडाउनको अवधिसम्म सञ्चित र साप्ताहिक बिदामा मिलाउने गरी बिदा दिइएको छ। ‘संघमा आबद्ध देशभर साना–ठूला होटलको संख्या ८० हजार छ,’ उनले भने, ‘तर यसमा काम गर्ने कामदारको यकिन तथ्यांक निकालिसकिएको छैन, अहिले केही कामदार र सुरक्षा गार्ड मात्र होटलमा राखिएको छ।’ अवस्था लम्बिँदै गए पनि उनीहरूलाई तलबबाट वञ्चित नगराइने उनको भनाइ छ।

‘बेसिक तलब भए पनि उपलब्ध गराउनुपर्छ, उनीहरूमा परिवार आश्रित छ,’ उनले भने, ‘त्यही भएर सरकारले सामाजिक सुरक्षा कोषबाट ५० र हामी ५० प्रतिशत बेहोर्ने गरी तलबको व्यवस्था गर्नेबारे छलफल गर्नेछौं।’

होटल संघ नेपालमा आबद्ध पर्यटकीय होटल सबै बन्द छन्। यी होटलमा काम गर्नेहरूलाई पनि सञ्चित बिदाबाट मिलाउने गरी बिदा दिइएको छ।

बिदा दिइए पनि न सरकार, न निजी प्रतिष्ठानहरूले नै आफ्ना कर्मचारीको दैनिक गुजाराका विषयमा कसैले सोचेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल पनि प्रायः कामदार कम्पनीहरूमा रहेको सञ्चित बिदामा बसेको बताउँछन्। ‘अहिले नै यतिउति बेरोजगार भए भन्न सक्ने अवस्था छैन,’ महासंघको रोजगारदाता परिषद्का अध्यक्षसमेत रहेका उनले भने, ‘त्रास सबैतिर छ। लकडाउनको सुरुवाती अवस्था हो यो। यो लम्बिँदै गएमा सबै क्षेत्रमा समस्या देखिने निश्चित छ।’ विकल्पका विषयमा बिस्तारै सोच्दै जाने उनले बताए।

तिनै कर्मचारीबाट वर्षौंदेखि नाफा कमाउने तर अहिले आएर बेतलबी बिदा दिनु गलत रहेको बताउँछन्। ‘समस्या आएको पहिलो महिनामै यसरी बेतलबी बिदा दिनु राम्रो होइन,’ अर्थविद् विश्व पौडेलले भने, ‘सामान्यतया पहिलो महिनाको पूरा तलब दिने, दोस्रो महिनामा नसक्ने स्थिति भयो भने आधा दिने भन्ने हुन्छ, यस्ता कुरा मानवीय रूपमा हेरिनुपर्छ।’ उनका अनुसार संसारभर तलब नै नदिई जा भन्न मिल्दैन। ‘सबै व्यवसाय सोसियल सेक्युरिटी फन्डमा दर्ता भएकै हुनुपर्छ,’ उनले भने, ‘त्यसमा केही समयलाई रोजगार भत्ता दिने व्यवस्था पनि छ।’

सरकारसँग प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको उनले बताए। यस्तो कार्यमा सरकारले तत्काल सोच्नुपर्ने उनको भनाइ छ। ‘पहिलो महिनामै बेतलबी बिदा दिनु राम्रो होइन, उद्योगहरू अहिलेको अहिल्यै निकाल्ने अवस्थामा पुगिसकेका छैनन् होला,’

Published on: 27 March 2020 | Kantipur

Link

Back to list

;