s

मजदुरलाई खाद्यान्न, प्रहरीलाई मास्क

प्रदीपचन्द्र राई

 

भोजपुर : कोभिड १९ को संक्रमणको जोखिम बढेपछि सरकारले लगाएको 'लक डाउन' पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई भोजपुर नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । दैनिक ज्यालादारीमा काम गरेर परिवारको छाक टार्ने मजदुरीलाई खाद्यान्न संकट नहोस् भन्दै नगरपालिकाले रासन दिएको हो ।

लक डाउनबाट प्रभावित नगरक्षेत्रका ३ सय २५ जना मजदुरलाई खाद्यान्न संकट कम गर्न नगरपालिकाले सहयोग गरेको हो । नगरपालिकाले जनही एक बोरा चामल, तेल, नुन, दाल जस्ता खाद्यान्न सहयोग गरेको छ । सरकारको लक डाउनले दिनभर मजदुरी गरेर छाक टार्ने मजदुरहरु समस्यामा परेको भन्दै नगरपालिकाले खाद्यान्न वितरण गरेको मेयर कैलाश कुमार आलेले बताए ।

प्रहरीलाई निःशुल्क मास्क

बजारमा मास्क अभाव भइरहेका बेला एक व्यापारीले लक डाउन सुरक्षामा खटिएका प्रहरीलाई निःशुल्क मास्क सहयोग गरेका छन् । भोजपुर सदरमुकामस्थित एक फेन्सी कपडा पसल चलाउने व्यापारी फविन्द्र प्रधानले जिल्ला प्रहरी कार्यालय भोजपुरलाई ३ सय ५० थान माक्स सहयोग गरेका हुन् ।

Published on: 27 March 2020 | Annapurna Post

Link

Back to list

;