s

मजदुरी गरी जीविकोपार्जन गर्नेहरूलाई मध्यनेपाल नगरपालिकाले सहयोग गर्ने

कोरोना भाइरस संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी मजदुरी गरी जीविका चलाउनेहरू प्रभावित भएका छन् ।

मजदुरी गरी जीविकोपार्जन गर्दै आएकाहरूलाई लमजुङको मध्यनेपाल नगरपालिकाले लकडाउनका वेला सहयोग गर्ने भएको छ । नगपालिकाले नगरभित्र अलपत्र परेकालाई खाना र बस्ने व्यवस्थापन गर्ने भएको हो ।

मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले आफ्नो नगरपालिकाभित्र ज्याला मजदुरी गरी दैनिकी गुजार्ने, तर अहिलेको लकडाउनका कारण मारमा परेकाहरूलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले भोर्लेटारको इशानेश्वर क्याम्पससहित विभिन्न स्थानका क्याम्पस तथा विद्यालयहरूमा एक सय शय्याको क्वारेनटाइन निर्माण प्रक्रिया सुरु गरेको छ ।

नगरपालिकाले कोरोना संक्रमण भएका बिरामीकाे उपचारका क्रममा वा बिरामी लाने–ल्याउने क्रममा यदि एम्बुलेन्सचालकलाई संक्रमण भई निधन भएमा तिनका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको नगरप्रमुख पाण्डेले बताए ।

Published on: 26 March 2020 | Nayapatrika

Link

Back to list

;