s

मजदुरी गर्न दशैं बिदामा भारत

जगदीश रोकाया 
 
चैनपुरः दशै तिहारको विद्यालय छुट्टीका बेला साथीहरुसंग गाँउघरमा रमाइलो गर्ने मनपराउँछन् अधिकांस स्कुले विद्यार्थी तर बझाङकोको चिरबुंगल क्षेत्रका विद्यार्थीहरुको यो समयमा भारतको उत्तराअञ्चलतिर मजदुरी गर्न जाने गरेका छन् । दशैं–तिहारमा हुने लामो छुट्टीलाई अवसरको रुपमा लिएर यहाँका बिपन्न परिवारका विद्यार्थीहरु एक महिना भारतमा मजदुरी गरी लुगाफाटो जोडेर घर फर्कन्छन् ।
 
विद्यालयको अर्धवार्षिक परिक्षा दिएर यहि असोज १३ गतेबाट दशैं बिदा भएपछि एकैपटक कार्तिक १७ गते विद्यालय खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउलेखमा पढ्ने ७ जना विद्यार्थी भारत हिँडे । रात्री बसमा हिँडेका उनीहरु श्रीभारको ढोलेमोड होटलमा बुधबार नास्ता खाँदै थिए । त्यसबेला एउटा टोली गइसकेको र आफूहरु दोस्रो टोली भएको ललित महरले जानकारी दिए ।
 
कक्षा ९ मा पढ्ने ललित महरले गतवर्ष पनि यसरी दशँै तिरहारका बेला मजदुरी गर्न गएर ६ हजार भारु कमाएको सुनाए । यसपाली पनि कमाउन हिँडेको बताउँदै उनले आफ्नो टोलीमा कक्षा ९ मा पढ्ने दिपेन्द्र बोहरा र सुरेन्द्र बोहरा , कक्षा ८ मा पढ्ने दिपक महर सहित धन बोहरा रहेको पनि बताए ।
 
घरपरिवारमा खानलाई पनि नहुने र स्कुल खर्चका लागी लुगाकपडा किताब कापीको खर्च समस्या भएकाले यस क्षेत्रका अधिकाँस विद्यार्थीहरु यो सिजनमा मजदुरी गर्न भारत जाने गरेको धन बहादुर बोहराले बताए । एक महिना त्यहाँ काम गर्छौ उनले भने स्कुल लाग्ने बेला तुरुन्तै फ्रकिहाल्छौ ।
 
भारतको उत्तराञ्चलको पिथरागड क्षेत्रमा जाने यि विद्यार्थीहरु त्यहाँ घाँस काट्ने, धान काट्ने सडकको काम साथै घर बनाउने जस्ता मजदुरीकाम गर्ने गरेको सुनाए । देउलेखका विद्यार्थी जस्तै सुनकुडा, स्याडी र उता बुंगोलका हाईस्कुल पढ्ने विद्यार्थीहरु पनि यो समयमा प्राय पिथरागड कमाउन जाने प्रचलन यहाँ रहेको स्थानिय लोकेन्द्र बोहराले भने ।
 
दशै तिहारमा गाँउ घरमा बसेर रमाईलो गर्ने मत लाग्छ कक्षा ९ मा पढ्ने दिपेन्द्रले भने तर पारिवारिक समस्या हुदाँ थोरै पैसा कमाईन्छकी भनेर हिडेका हौ । उनिहरुले दिएको जानकारी अनुसार यो सिजनमा एकडेढ सयजना विद्यार्थीहरु पिथरागडक्षेत्रमा मजदुरी गर्न जान्छन् ।
 
एक महिना सम्म मजदुरी गर्ने पिथौरागड हिँडेका उनिहरुलाई पढाईको पनि उतिकै चिन्ता छ । उनिहरुले विदाको समयमा सरहरुले दिएको गृहकार्य बनाउने काम पनि संगै लिएका छन् ।
 
कोहि विद्यालय छुट्टी पछि र कोहि विद्यालय छुट्टी हुन एकसाता अगाडीनै हिड्ने उनीहरु केहि आफ्नै टिम बनाएर जान्छन् भने कोहि अभिभावक संगपनि जानेगर्दछन् । दशै बिदाको समयमा नयाँ ठाँउ देखिने र कमाई पनि हुने हुदाँ यहाँका विद्यार्थीहरुका लागी पिथरागडको मजदुर आर्कषण बन्दै गएको वित्थडका शिक्षक करुणकर अवस्थी बताउन्छन् ।
 
Published on: 24 September 2016 | Annapurna Post

Back to list

;