s

मजदुरद्वारा धर्ना

पारिश्रमिक लगायत विषयमा भएको सहमति कार्यान्वयन गराउन दबाब दिन विभिन्न टे्रड युनियनले सोमबार मोरङ व्यापार संघमा धर्ना दिएका छन् । बिहान ११ बजेदेखि तीन घन्टा टे्रड युनियन पदाधिकारी र मजदुरले धर्ना दिएका थिए । यसअघि उनीहरूले उद्योग संगठन मोरङमा धर्ना दिएका थिए । विभिन्न ट्रेड युनियन मजदुर र रोजगारदाता संगठनबीच राजधानीमा भएको सहमति कार्यान्वयन नभएको भन्दै टे्रड युनियन आन्दोलित बनेका हुन् ।

नेपाल टे्रड युनियन स्वतन्त्र कांग्रेस, नेपाल टे्रड युनियन महासंघ र अखिल नेपाल टे्रड युनियन महासंघ आन्दोलनमा सक्रिय छन् । प्रारम्भिक रूपमा उद्योगका प्रतिनिधिमूलक संस्थामा धर्ना दिने कार्यक्रम रहेको उनीहरूले जनाए । यसपछि प्रशासनमा धर्ना दिने र त्यसमा पनि माग पूरा नभए उद्योग बन्द गर्नेसम्मको कार्यक्रम टे्रड युनियनले अघि सारेका छन् ।

Published on: 17 May 2011 |  Kantipur

Back to list

;