s

मजदुर नपाएपछि चिया टिप्न मेसिन प्रयोग

 काठमाडौं । दस वर्ष प्रवासमा बसेर फर्केका सूयोदय नगरपालिका ४ का हरीश्चन्द्र तिम्सिना अहिले चिया टिप्ने काममा व्यस्त छन् ।
 
गाउँमा चिया टिप्ने कामदार नपाएपछि उनी आफैँ चिया टिप्ने मेसिन लिएर चियाबारीमा निस्केका छन् ।
 
चियाखेतीमा लागेका तिम्सिनाजस्तै अधिकांश युवा मेसिनको प्रयोगतर्फ आकषिर्त भएका छन् । मेसिन प्रयोग गरेर चिया टिप्नदेखि काटछाँटको काम हुन्छ ।
 
खेतबारी मासेर चिया खेती लगाएका इलमका १० हजार किसानले चिया टिप्ने मजदुर पाउन छाडेपछि मेसिनको प्रयोग थालेका छन् । चीनमा बनेको मेसिनले हातले टिपेजस्तो पत्ती नटिपे पनि बारीमै मुना ब्ड्याउने समस्या समाधान भएको किसानहरुले बताए ।  उनीहरुका अनुसार मेसिनले चिया टिप्दा हातले टिपेजस्तो भने हुँदैन ।
 
Published on: 26 April 2016 | Annapurna Post
 

Back to list

;