s

मौरिसस जान अनुमति

भिसाबिनै मौरिसस जान खोज्दा शनिबार राति विमानस्थलबाट फिर्ता गरिएका १७ नेपालीले भिसासहित आवश्यक कागजी प्रक्रिया पूरा गरेकाले उनीहरूलाई त्यसतर्फ जाने अनुमति दिइएको छ ।

अध्यागमन विभागका महानिर्देशक सुरेश अधिकारीका अनुसार मौरिससमा अन-अराइभल भिसा पाइने म्यानपावरको आश्वासनमा यी युवा श्रम प्रक्रियापछि विमान चढ्न लागेका थिए । वैदेशिक रोजगारीमा जाने क्रममा देखिएको बेथिती र अव्यवस्थापनलाई अनुगमन एवं कारबाही गर्न गठित द्रुत कार्यदलले उनीहरूलाई विमानस्थलमा रोकेको थियो ।

'भिसासहितका आवश्यक कागजात संलग्न गरेकाले उनीहरूलाई मौरिसस जान बाटो खुला भएको छ,' अधिकारीले कान्तिपुरसँग भने ।

Published on: 29 August 2012 | Kantipur

Back to list

;