s

मैनाली निर्दोष

जापानी युवती हत्या अभियोगमा १५ वर्षसम्म अनाहक जेल सजाय बेहोरेका गोविन्द मैनाली 'सम्पूर्ण निर्दोष' रहेको फैसला जापानको उच्च अदालतले सुनाएको छ । टोकियोस्थित अदालती इजलासले बुधबार बिहान गोविन्द निर्दोष रहनाको कारणबारे एक घन्टा लामो व्याख्यासहित फैसला सुनाएको हो । जापानको इतिहासमै न्याय-प्रणाली र अनुसन्धान पद्धतिलाई प्रश्नचिह्न उठाउने प्रकृतिको यो मुद्दामा सबै प्रायोजित तथा योजनाबद्ध कामकारबाही रहेको पुष्टि भएको छ ।

'प्रहरी र प्रशासनले सबै योजनाबद्ध कामकारबाही गरेको भन्ने पुष्टि भएको छ,' अदालतबाट मुद्दा फैसला भएपछि टोकियोस्थित बार एसोसिएसनमा आयोजित पत्रकार सम्मेलनमा मैनाली पक्षका वकिलहरूले भनेका छन्, 'यो मुद्दामा हाम्रो जित भए पनि १५ वर्षसम्म गोविन्द र उनको परिवारले बेहोरेको हैरानीका कारण हामी दुःखी बनेका छौं ।' प्रशासन र सम्बद्ध निकायले माफी नमागेकामा कानुन व्यवसायीले क्षोभ प्रकट गरेका छन् ।

'यो मुद्दामा सरकारले जबर्जस्ती गरेको र कथा बनाएर गोविन्दलाई फसाइएको पुष्टि भएको छ,' टोकियोबाट गोविन्द सहयोग समितिका सदस्य राजन प्रधानांगले कान्तिपुरसँग भने । 'सूर्यलाई हत्केलाले छेकेजस्तै सत्यलाई हत्केलाले ढाकछोप गर्ने प्रयास अन्ततः विफल भएको छ,' फैसलापछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोविन्दले भने, 'जापानको अनुसन्धान पद्धति कति अस्तव्यस्त रहेछ भन्ने खुलेको छ ।

Published on: November 2012 | Kantipur

Back to list

;