s

महिलालाई भारत लैजान खोज्ने दुई पक्राउ

गणेश लम्साल

 

होटेलमा राम्रो काम लगाइदिने बहाना बनाउँदै सिन्धुपाल्चोकका दुईजना महिलालाई  विराटनगर बोलाएर भारत लैजान खोज्ने दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ का २३ र ३१ वर्षीया महिलालाई झुक्याएर भारत लैजान खोज्ने  विराटनगर– १५ का ३४ वर्षीय काजी तामाङ र  विराटनगर– १६ का ५० वर्षीय प्रेमबहादुर मगर पक्राउ परेका हुन् ।

उनीहरूले  होटेलमा आकर्षक रोजगारी दिलाउने बहानामा दुई महिलालाई भारत लैजाँदै गर्दा प्रहरीले २१ फागुनमा नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर मानव बेचबिखन कसुरमा अनुसन्धान भइरहेको छ ।

Published on: 11 March 2021 | Nayapatrika

Link

Back to list

;