s

महिला सहकारीमा रेमिट्यान्स सुविधा

प्रेमनारायण आचार्य

अर्घाखाँचीको ग्रामीण क्षेत्रमा रहेका पाँचवटा महिला सहकारीले विप्रेषण सेवा सुरु गरेपछि स्थानीय लाभान्वित भएका छन्। गाउँकै महिला सहकारीले विदेशबाट पठाएको पैसो दिन थालेपछि स्थानीयले हजारौं खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यताबाट छुटकरा पाएका छन्। गाउँकै सहकारीले विदेशबाट आफन्तले पठाएको पैसा दिन थालेपछि गाउँमा खुसियाली छाएको छ।

भूमिकास्थान नगरपालिकाकामा तीन, शीतगंगा नगरपालिकामा एक र मालारानी गाउँपालिकामा एक गरी पाँचवटा महिला सहकारीले रेमिट्यान्स कारोबार गर्न सुरु गरेका हुन्। जनचेतना सरोकार मञ्च र अक्सफार्मको सहयोगमा प्रभु रेमिटमार्फत भूमिकास्थान नगरपालिका वार्ड– १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, वाड–४ धारापानीको शसक्तीकरण महिला कृषि सहकारी संस्था र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले झडै एक वर्षदेखि रेमिट्यान्सको सेवा दिँदै आएका थिए।

यसै महिनादेखि पशतगंगा नगरपालिका–५ मा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारी र मालारानी गाउँपालिका–४ मा रहेको जालकाडा महिला बचत तथा ऋण सहकारी संस्थाले पनि विप्रेषण सेवा सुरु गरेका छन्। सितगंगा नगरपालिका– ५ जुकेनामा रहेको सरोकार सामाजिक उद्यमी महिला सहकारीले यसै महिनादेखि रेमिट्यान्स सेवा थालेको छ। प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सेवा उद्घाटन गरे। आफन्तले भारत तथा अन्य देशबाट पठाएको पैसा प्राप्त गर्न सन्धिखर्क, तथा ठाडा जानुपर्ने बाध्यताबाट जुकेनाका स्थानीयले छुट्कारा पाएका छन्।

यमालारानी गाउँपालिका–४ खनमा बिप्रेषण सेवा सुरु भएको छ। आफन्तले भारत तथा अन्य देशबाट पठाएको पैसा लिन हजारौं खर्च गरेर सदरमुकाम सन्धिखर्क धाउन नपरेपछि भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका र मालारानी स्थानीय खुसी भएका छन्। भूमिकास्थान नगरपालिकामा तीन, शीतगंगा नगरपालिकामा एक र मालारानी गाउँपालिकामा एक गरी पाँचवटा महिला सहकारीले रेमिट्यान्स कारोबार सुरु गरेका छन्।

‘पहिलेपहिले आफन्तले पैसो पठाएको खबर गरेपछि बिहानै उठेर गाडी चढेर सदरमुकाम जानुपथ्र्यो तर अहिले आफ्नै गाँउको सहकारीले पैसा दिन थालेपछि सजिलो भएको छ’, भूमिकास्थान नगरपालिका –४ साना औवलकी जुना सुनारले भनिन्। एकपटक पैसा लिन जाँदा गाडी भाडा, खाना खर्च गर्दा १२, १५ सय र दर्जनौं घण्टा समय पनि खर्च हुन्थ्यो अहिले महिला सहकारीबाटै रकम पाएको उनको भनाइ छ। महिला सहकारीले विदेशबाट पठाएको पैसा मात्र हैन, विद्युत् महसुल तिर्ने, मोबाइल रिचार्ज गर्ने, डिसहोर्मको रिचार्ज गर्ने जस्ता सेवा दिइरहेका छन्।

आयआर्जन तथा अन्य क्षेत्रमा काम गरिरहेको जनचेतना सरोकार मञ्चले अक्सफार्म नेपालको सहयोगमा आफैले उत्पादन गरेका महिला सहकारीबाटै भारत तथा अन्य देशबाट पठाएको पैसापाउने व्यवस्था मिलाएको जनचेतना सरोकार मञ्चका व्यवस्थापक युवराज ज्ञवालीले बताए।अर्घाखाँचीबाट मात्रै ५० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा छन्। वैदेशिक रोजगारीमा गएका युवा तथा भारतमा काम गरेर कमाएको पैसोले स्थानीयस्तरमै स्वरोजगार बनाउन सहकारीबाट रेमिट्यान्स प्राप्त गर्ने व्यवस्था मिलाइएको हो।

वैदेशिक रोजगारीमा युवा बाहिर जानेमध्ये अर्घाखाँची जिल्ला पनि अग्रपंक्तिमा छ। जिल्लाकै सबैभन्दा बढी वैदेशिक रोजगारीमा रहेका धारापानी ढाकाबांग, ढिकुरा, जुकेना र खनका स्थानीयले विदेशबाट पठाएको पैसा मात्र हैन। सहकारीबाट विद्युत्को महसुल तिर्ने, मोबाइल रिचार्ज गर्ने, डिसहोमको रिचार्ज गर्ने जस्ता सेवा लिइरहेका छन्।

Published on: 25 February 2019 । Annapurna Post

Back to list

;