s

महिला बेच्ने जेल चलान

यहाँकी एक महिलालाई ललाई फकाई भारतको मुम्बई पुर्याृउनेलाई चितवन जिल्ला अदालतले सोमवार जेल चलान गरेको छ ।
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको ठहर गर्दै अदालतले चितवन पटिहानी ८ का ५३ वर्षीय हस्तबहादुर सेन्चुरी भने हस्तबहादुर पौडेलले जेल चलान गरेको हो । मानव बेच बिखन तथा ओसार पोसार मुद्दाको सुनुवाई गर्दै न्यायधिश विनोद मोहन

आचार्यको ईजलाशले पौडेललाई ७ वर्ष कैद सजाय र पीडितलाई ५० हजार क्षतिपुर्ति भराउने फैसला सुनाएको हो । मानव बेचबिखन तथा ओसार पोसार ऐन को दफा १५-१(क) नम्बर बमोजिम ईजलाशले उक्त फैसला सुनाएको अदालतका नासु जयनारायण आचर्यले बताए ।

पौडेलले नाम, वतन परिवर्तन गरिएकी एक महिलालाई २०७० पुस १० भारतको मुम्बईमा लगी ५ लाख रुपैयाँमा बिक्री गरेका थिए । बिक्री भएको करीब २ साता पछि भागेर आउन सफल भएकी महिलाले प्रहरीमा पौडेल विरुद्ध उजुरी दिएकी थिईन । सोही उजुरीका आधारमा प्रहरलिे पौडेललाइृ पक्राउ गरी मुद्दा चलाएको थियो ।    

Published on: 30 June 2015 | Kantipur
 

Back to list

;