s

महाकाली नदीमा पौडेर नेपाल आएका तीन जना प्रहरीको नियन्त्रणमा

मनोज बडू 

दार्चुला — चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये तीन नेपाली महाकाली नदीमा पौडेर स्वदेश आएका छन् । 

महाकालीपारि भारतको पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र सयौ‌ं नेपाली 

महाकाली नगरपालालिका ४ पुलघाट बजार नजिकैबाट उनीहरू सोमबार दिउँसो नेपाल प्रवेश गरेका हुन्।पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। 

पौडेर नेपाल प्रवेश गर्नेमा बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री, दार्चुलाको मार्मा गाउँपालिकाका रमेश विष्ट र शैल्यशिखर नगरपालिकाका धनबहादुर स्वदेश प्रवेश गरेको प्रहरीले जनाएको छ। उनीहरू भारतको विभिन्न ठाउँमा मजदुरी गरी घर फर्किँदा नेपालमा लकडाउन भएको थियो भने सीमा पुल बन्द गरिएको थियो। उनीहरुसँगै सयौं नेपाली अझै सीमा अलपत्र छन्। 

पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए। आफूहरूको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उनीहरूको भनाइ छ।

तीन जना महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरेपछि अहिले सदरमुकामस्थित महाकाली नदी किनार आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गरिरहेको छ।

Published on: 30 March 2020 | Kantipur

Link

Back to list

;