s

महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

सप्तरी, जेठ २२ गते । सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाइ, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।

त्यसमा ११ जना सहभागी रहेको वडाध्यक्ष जयश्वर किशोर दासले बताउनुभयो । सो कार्यमा वडाका गरिबीको रेखामुनि रहेका तथा आयस्रोत कमजोर भएको बेरोजगार व्यक्तिको जीवनस्तर उकास्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको महादेवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक मिथिलेशकुमार मण्डलले बताउनुभयो ।

उहाँका अनुसार यस वडामा ६० मीटरसम्म सरसफाइ, डगर, बाटोमा माटो पुर्ने तथा बाटोघाटो मर्मत लगायतको काम भइरहेको छ । यस कार्यका लागि गाउँपालिकामा ८० जना जनशक्तिलाई एक सय दिनसम्म रोजगारीका लागि २९ लाख रुपियाँ बजेट विनियोजन भएको रोजगार संयोजक मण्डलले जानकारी दिनुभयो ।

Published on: 6 June 2023 | Gorkhapatra

Link

Back to list

;