s

मारिँदै र लुटिँदै नेपाली

जे. पाण्डे

दसैंको मुखमा भारतबाट घर जान आएका चार नेपाली असोज ५ गते बिहान सीमावर्ती भारतीय बजार रुपइडिहामा लुटिए । रुपइडिहास्थित बसपार्कमा बेहोश अवस्थामा रहेका ती ४ जनालाई नेपाल प्रहरीले उद्धार गरी भेरी अञ्चल अस्पताल भर्ना गर्यो ।

सुर्खेत रानीवासका हस्तबहादुर खड्का, छिन्चुका खगेन्द्र खड्का, कोलडाँडाका दीपककुमार थापा र माझकाँडा सल्यानका रुद्रबहादुर पुन लुटिएका हुन् । जमुनाह प्रहरी चौकीका नायव निरीक्षक सुधीर खड्का उनीहरूसँग रहेको करिब एक लाख रुपैयाँ लुटिएकोे बताउँछन्  ।  ४ जना लुटिएको २ दिनअघि दसैं मनाउन भारतबाट र्फकंदा सल्यान देवस्थल- ८ बेखोलाका वीरबहादुर बुढा असोज ३ गते सीमावर्ती भारतीय रुपइडिहा बस स्टेसनमा लुटिए । 

२० वषर्ीय वीरबहादुर दसैंका लागि भारतको गुजरातबाट फकिर्ंदै थिए ।त्यसैदिन अर्का नेपाली २३ वषर्ीय देवीलाल बुढालाई पनि बसपार्कमा उत्रन नपाउँदै नसालु पदार्थ खुवाएर लुटे । दसैंमा खुसियाली साट्न घर पर्केका ती दुई सल्यानीसँग भएको वर्षदिनको पूरै कमाइ ८० हजार रुपैयाँ लुटिदिएपछि उनीहरूको दसैं दशामा परिणत भयो । उद्धार गरी भेरी अञ्चल अस्पताल भर्ना गरिएका उनीहरूको होश आउँदा सबै सपना चकनाचुर भइसकेको थियो । घर जाने बाटो खर्चसमेत नभएपछि बिचल्लीमा परेका वीरबहादुर भन्दै थिए- 'दसैंमा बाबुआमालाई नयाँ कपडा किनिदिउँला भन्ने सोचेको थिएँ । झन्डै ज्यानै गयो ।' भदौ १२ गते बिहान बाँकेमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे अगाडि झापाका एक दम्पती हात जोडेर विलौना गर्दै थिए- 'हजुर घर जाने बाटो खर्च छैन । खाने-बस्ने पनि ठेगान छैन ।'भारतको हिमाञ्चल प्रदेशमा कामको खोजीमा गएका मालती र शेरबहादुर घर र्फकंदा सुतेकै ठाउँबाट लुटिएका हुन् । नसालु पदार्थ खुवाएर साथको ८ हजार भारतीय रुपैयाँ लुटिएपछि बिचल्लीमा परेका ती दम्पती भन्दै थिए- 'त्यहाँको प्रहरीले कुनै वास्ता गरेनन् ।' उनीहरूलाई  प्रशासनले बाटो खर्च दिएर घर पठायो  । 

भारतबाट घर र्फकंदा कतिपय नेपाली बसभित्रै र स्टेसनमा लुटिएका घटना बढ्न थालेका छन् । यी पतिपत्नी लुटिनु तीन दिनअघि टीकाराम खड्का पुन रुपइडिहा बसपार्कमा झर्ने बित्तिकै लुटिए । दाङको श्रीगाउँस्थित घर जान आउँदा सीमामा खड्का लुटिएका हुन् । 'बसबाट झर्ने बित्तिकै २ जनाले समातेर एकान्तमा लगे', प्रहरीमा खबर गर्न आएका खड्का सुनाउँदै थिए, 'धन्न ज्यानै लिएनन् ।' नसालु औषधी खुवाएर होस् वा बलपूर्वक बन्धक बनाएर होस्, लुटने क्रम बढेको छ  । गडवालबाट रोडवेजको बसमा घर जान आउँदा लुटिएपछि बेखर्ची खड्कालाई बाटो खर्च जुटाउन सहयोग माग्दै हिँड्नुपरेको थियो । उनी मुस्किलले घर पुगेका थिए ।   खड्का लुटिनुभन्दा एक साताअघि पनि भारतबाट घर र्फकंदै दाङका नारायण परियार र बर्दियाका रामसिंह  चौधरी रुपइडिहा बसपार्कमा अचेत अवस्थामा फेला परेका थिए  । उद्धारमा संलग्न सई सुधीर खड्का भन्छन्- 'सीमा बजारमा यसरी लुट्ने क्रम बढेको छ ।' भारतमा काम गरी घर फर्केका नेपालीहरूमध्ये रुपइडिहा बसपार्कमा  प्रायः हरेक दिन १ जनाको दरले लुटिएका छन् । ती सबैलाई बेहोश गराउने औषधी सेवन गराई लुटिन्छ ।

भारतको विभिन्न स्थानबाट रुपइडिहा आउने बसमा यात्रा गर्नेमध्ये कतिपय त बसपार्क पुग्दा अचेत अवस्थामा फेला पर्ने गरेका छन् । लुटिनेहरूमध्ये धेरैजसो पहाडी जिल्लाका छन् । नाकामा वर्षेनि ३०-४० जना लुटिँदै आएको प्रहरीको भनाइ छ । सीमा सुरक्षा बैठकमा लुटपाटका घटना नियन्त्रण गर्न नेपाली पक्षले समकक्षीसँग आग्रह गर्दै आएका छन् । भारतीय पक्षले पनि नियन्त्रणको आश्वासन दिँदै आएको छ । तर लुटपाट रोकिएको छैन । 'छलफलमा यो समस्या उठाइन्छ', प्रजिअ घिमिरे भन्छन्- 'भारतीय पक्षले लुटपाट गनर्ेेहरूको खोजी भइरहेको आश्वासन दिने गरेका छन् । तर लुटिने क्रम रोकिएको छैन ।'अचेत गराई लुटपाट गरिएका नेपालीलाई बसका चालकहरूले अमानवीय ढङ्गले बाटैमा झारेर हिँड्ने गरेका छन् । बाटो हिँड्दा देख्ने नेपालीले त्यसरी झारिएका अचेत नेपालीका बारेको सूचना प्रहरीलाई दिन्छन् । जमुनाह प्रहरी चौकीका सई खड्का भन्छन्- 'सूचना नआउने हो भने उपचार अभावमा ज्यान जान सक्छ ।' 

२०६६ चैत महिनामा बाँके सीतापुरका तुलबहादुर थापाको रुपइडिहा रेल स्टेसन नजिकै गहुँबारीमा गोली हानी हत्या गरियो । हत्या कसले र किन गरेको भन्ने अहिलेसम्म थाहा हुनसकेको छैन । ५ सेप्टेम्बर १९१० मा भारतको बाबागन्जस्थित रेल स्टेसन नजिकै एकजना नेपाली महिलाको काटिएको अवस्थामा लास फेला पर्यो । सीमाबाट १५ किलोमिटर दक्षिण पर्ने उक्त रेल स्टेसनमा अछाम धमाली गाविस- ६ की चन्दा जीसीको हत्याको कारण र हत्यारा अझै पत्ता लागेको छैन । जमुनी- ९ शान्तिपुरका ५० वषर्ीय हर्कबहादुर शाहीलाई भारतीय सशस्त्र सीमाबल -एसएसबी) ले फागुन ५ गते नियन्त्रणमा लिई हत्या गरे लगत्तै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयले नागरिकको सुरक्षा गर्न सरकारलाई सुझाव दिएको ७ महिना भयो, तर कार्यान्वयन भने अझै भएको छैन ।

Published on: 12 October 2011 | Kantipur

Back to list

;