s

लुटिएकी युवतीलाई डेढ लाख

साउदी अरबबाट र्फकंदै गर्दा काठमाडौं विमानस्थलको अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएर यौन दुव्र्यवहारमा समेत परेकी भोजपुरकी युवतीलाई सरकारले १ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मन्त्रपरिषद्को बिहीबारको बैठकले उनलाई लुट्ने कर्मचारी र यौन दुव्र्यवहार गर्ने प्रहरी जवानलाई हदैसम्म कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

वैदेशिक रोजगारका लागि अर्काको राहदानीमा साउदी गएर र्फकने क्रममा अध्यागमनमा पक्राउ परेकी उनबाट त्यहाँका कर्मचारी र प्रहरीले सम्पूर्ण रकम लुटेका थिए । रकम लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई उनलाई गेस्ट हाउसमा लगेर यौन दुव्र्यवहार गरेका थिए ।

Published on: 28 December 2012 | Kantipur

Back to list

;