s

लक्की शेर्पा विदा मागेर नेपाल फर्किइन्

मानवतस्करीको गम्भीर आरोप लगाएपछि विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् ।

विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् ।

तीन सातासम्म राजदूत निवासमा बसेकी उनले राजदूतको रुपमा काम भने गरिनन् । अनौपचारिक भेटवार्ताहरु भने गरिन् । त्यसक्रममा उनले आफू निर्दोष भएको तर, आफूलाई फसाउन ठूलो गिरोह लागेको दाबी गरेकी थिइन् ।

फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने भन्दै विदा मागेकी छिन् ।

नेपाल फर्किएपछि उनले आफूमाथि लागेको आरोपबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

सवारी चालक वाङ्चु  शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले २२ मंसिरमा शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो । उनले आफूमाथि लागेको आरोप निराधार भएको बताइन् ।

तर, मानव तस्वरीको गम्भीर आरोप लागेको भन्दै सरकारले राजीनामा दिन सुझाएको थियो ।

Published On: 30 January 2019 | Online khabar

Back to list

;