s

लक डाउनमा घरमै ज्याला

जीवन सेजुवाल 

मुगु : छायाँनाथ रारा नगरपालिका—२ की ३९ वर्षीया लक्ष्मिदेवी हमाल एकल महिला हुन् । उनी मजदुरी गरेर तीन जनाको परिवारलाई बिहान बेलुका छाक टार्ने गर्छिन् ।  पुस पहिलो साताबाट आफ्नो घर नजिकको विद्यालय भवन निमार्णमा मुजदुरी गरेबापत लक डाउनको बेलामा  काम गराउने मानिस घरमै आएर ज्याला दिँदा उनी हर्षित भएको बताइन्  । 

सोही नगरपालिका—५ की ५८ वर्षीया छयाउका बिक पनी एकल महिला हुन् । छायाँनाथ रारा नगरपालिका—२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चैनाको भवन निमार्णमा गिट्टी कुटेबापतको ज्याला निमार्णमा आर्थिक सहयोग गर्ने संस्थाका कर्मचारी घरमै पुगेर दिए । १२ हजार १ सय ज्याला हातमा लिँदै अहिलेसम्म मजदुरी गरेर घरमै ज्याला पाएको पहिलो पटक भएको बताइन् । 

कुनै पनि सरकारी, गैर सरकारी निकाय तथा ठेकेदार पक्षका काम गरेका मजदुरले पाउने ज्याला  कहिल्यै समयमै पाउँदैनन् ।  कोरोना संक्रमण  रोकथामका लागि सरकारले लक डाउन गरेपछि मजुदुरी गरेर पनि आफ्नो ज्याला नपाइ छटपटाइ रहेका मुजदुरलाई लक डाउनको समयमा घरमै पुगेरे छायाँनाथ रारा नगरपालिका—२ चैना र सोही नगरपालिका—५  कार्कीबाडामा रहेका विद्यालय भवन निमार्णमा संलग्न मजदुरलाई आर्थिक सहयोग गर्ने  छायाँ  र हिरिसेडेक मुगुका कर्मचारी ज्याला पुर्याउन मजदुरका घरमै पुगेका हुन् । 

छायाँ नेपालको आर्थिक सहयोग तथा हिरिसेडेक मुगुको प्राविधिक सहयोगमा छाँयानाथ रारा नगरपालिका—२  चैना र सोही नगरपालिका—५ कार्कीबाडाको विद्यालयका भवन पुस पहिलो साताबाट निमार्ण कार्य सुरु भएको थियो ।  दुई भवनमा  २ सय १७ जना  मजदुर कार्यरत थिए । ती सबैको घर घरमा पुगेर लक डाउनको समयमा काम गरेबापतको ज्याला भुक्तानी गरेको हिरेसेडेकले बताएको छ । 

समयमा घरमै पुगेर ज्याला पाउनु भनेको हामी जस्ता मजदुरहरूलाई ठूलो राहत भएको छाँयानाथ रारा नगरपालिका—५ कन्न बिकले बताए । 

'पुसको पहिलो साताबाट दुई विद्यालय निमार्ण सुरु गरेका थियौँ । निमार्णधीन दुई विद्यालयमा  २ सय १७ जनामध्ये २५ जना दक्ष र अन्य सबै अदक्ष्य मजदुरले काम गर्दै आएका थिए । लक डाउनका कारण दुवै विद्यालयका काम रोकिएका छन्', मुगुका कार्यकारी निर्देशक मिन रावलले भने, 'लक डाउनका कारण घरबाहिर निस्कन नपाएर  छाक टार्ने समस्या भएका मजदुरले फोनमार्फत गुनासो गर्न थालेपछि उनीहरुको जम्मा रकम घरमै पुगेर हातहातमै दिएका हौं ।'

Published on: 12 April 2020 | Annapurna Post

Link

Back to list

;