s

लकडाउनले रक्सौलमा अलपत्र परेका तीन सय ६० नागरिकलाई नेपाल भित्र्याइयो

तिवारी यादव

 

विगत केही दिनदेखि रक्सौलमा अलपत्र परेका साढे तीन सय नेपाली वीरगन्ज नाकाहुँदै बुधबार बिहान स्वदेश भित्रिएका छन्।

कोरोना भाइरस (कोभिड- १९) रोकथामका लागि भएको लकडाउनको काराण भारतीय भूमिमा अलपत्र परेका नेपाली स्थानीय प्रशासनको सहयोगमा नेपाल भित्रिएका हुन्। उनीहरू भारतका विभिन्न सहरबाट रक्साैल आएर रोकिएका थिए।

वीरगन्ज नाका हुँदै बुधबार बिहान तीन सय ६० जना नेपाल भित्रिएका स्थानीय प्रशासनले जनाएको छ। भारतका विभिन्न स्थानमा रोजगारी, घुमफिरलगायतका कामले गएर अलपत्र परेका नेपाली लकडाउन सुरु भएको ६५ दिनमा आफ्नो देश भित्रिएकाे वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीले जानकारी दिए।

‘भारतबाट आएका सबैलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने सर्तमा नेपाल भित्रन दिइएको हो,’ सराबगीले भने।

वीरगन्ज हुँदै आएका तीन सय ६० नागरिक देशका ३२ जिल्लाका छन्। जसमा एक सयजना वीरगन्जसहित पर्सा जिल्लाका भएका स्थानीय प्रशासनले जनाएको छ।

Published on: 27 May 2020 | Nayapatrika

Link

Back to list

;