s

लक डाउनले तीन महिनापछि शव नेपाल पठाइयो

केजिन राई

ब्रसेल्स : युरोपियन मुलुक साइप्रसबाट बिहीबार ६३ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना संक्रमणका कारण साइप्रसमा अलपत्र परेकालाई नेपाली राजदुतावास इजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साइप्रसले निशुल्क स्वदेश फर्काएको गैर आवासीय नेपाली संघ साइप्रसका प्रवक्ता दिनेश गौतमले जानकारी दिए।

साइप्रसबाट कोरोनाले गर्दा प्रभावित भएका कामदार र विद्यार्थीलाई आईओएम साइप्रसको विशेष पहलमा स्वदेश फर्काइएको र अन्य नाम दर्ता भएकालाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काइने जानकारी दिए। यस्तै कोरोना भाइरसकै कारणले नेपाल पठाउन ढिलाइ भएको भन्दै साइप्रसबाट स्व. विवेक अमगाईं र स्व. रेनुका कोइरालाको पार्थिव शरीर यही सेप्टेम्बर १८ मा नेपाल जाने तय भएको प्रवक्ता गौतमले बताए। धादिङकी रेणुका कोइराला झन्डै ३ महिना अघि सवारी दुर्घटनामा परेर निधन भएकी छात्रा हुन्।

इजरायलबाट नेपाल फर्कने क्रममा कोरोनाको पीसीआर परीक्षण रिपोर्ट नभएका कारण सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र परेकी एक महिलालाई इजरायलमा रहेको नेपाली दुतावासले टर्कीका अधिकारीसँग समन्वय गरी नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत बताए।

साथै साइप्रस वा इजरायलबाट जो कोही नेपाल फर्कन चाहेमा नेपाली राजदुतावास वा सम्बन्धित देशमा रहेका समाजिक सघंसस्थाका प्रतिनिधिसँग सम्पर्क गरी राजदुतावासमा जानकारी गराउन अनुरोध गरेका छन्। यता साइप्रसबाट नेपालीलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली सघंका प्रमुख संरक्षक सुबास मल्ल , एनआरएनए साइप्रसका प्रतिनिधि र नेपाली अवैतनिक वाणिज्यदूत डा राम जीवन पन्जियारले विशेष पहल गरेका थिए।

गैरआवासीय नेपाली स‌ंघ साइप्रसले नेपालीलाई स्वदेश फर्काउनका लागि आईओएमले सहयोग गरेकोमा धन्यबाद दिइ अगामी दिनमा सहकार्य गर्दै जाने जनाएको छ।

Published on: 20 September 2020 | Annapurna Post

Link

Back to list

;