s

लकडाउन प्रभावित विपन्नलाई दाल चमल सहयोग

कृष्ण किसी

 

भक्तपुर- भक्तपुरका एक समाजसेवीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका परिवारलाई दाल चमल सहयोग सुरु गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वस्ने समाजसेवी विष्णुराज कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क सहयोग गरेका हुन्। 

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र असाहाय परिवारलाई राहत होस् भन्ने मनसालय आफूले सकेको सहयोग थालेको उनले नागरिकलाई बताए। उनका अनुसार अहिलेसम्म भक्तपुरको सिरुटार, गुण्डु, चितपोल, दधिकोटबासीलाई वितरण गरिसकेको उनले बताए। 

अहिलेसम्म भक्तपुरका साथै ललितपुरबाट पनि लकडाउनपछि खानलाउन समस्या भएको खबर आफूले पाएको उनले बताए। सामाजिक सञ्जाल फेसबुकबाट आफूले त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न चाहेको व्यरोह राखेपछि आफू पनि समस्यामा परेको सम्पर्क आएपछि उनीहरुलाई दिएको उनले सुनाए। नेपाली काँंग्रेस भक्तपुरका नेतासमेत रहेका उनले स्थानीय रुपमा खटिएका तरुण दलका कार्यकर्तामार्फत जाँंचबुझ गरी समस्या देखिएपछि दिने गरेको उनले सुनाए। 

आफूले सकेसम्म यो सहगोलाई निरन्तरता दिने उनले जनाए। उनले स्थानीयस्तरमा खरिद गर्न सकिने भए त्यही र नसकिने भए आफनो घरबाट दाल चामल लग्ने गरेको सुनाए। यसअघि पनि आफूले सरकारी स्कुलका बालबालिकाहरुलाई सहयोग गर्दै आएको उनले जनाए।

Published on: 28 march 2020 | Nagarik

Link

Back to list

;