s

लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेशल्याउने प्रयास भइरहेको छ ।

युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो । (रासस)

Published on: 7 July 2019 | Gorkhapatra

Back to list

;