s

लिबियाको बम विस्फोटमा एक नेपालीको मृत्यु

मृतक लमजुङका सन्तोष श्रेष्ठ

'थप ६ जना नेपाली त्रिपोली शिविरमा'

लिबियाको त्रिपोली सहर पूर्व ताजुरा डिटेन्सन सेन्टरमा भएको आतंकवादी बम विस्फोटमा लमजुङ मुलघर भएका सन्तोष श्रेष्ठको निधन भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आइओएम)को समन्वयमा इजिप्टस्थित नेपाली नियोगले दिएको जानकारीमा २७ वर्षीय सन्तोषको शव नेपाल फिर्ता पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको छ ।

मानव तस्करको संजालमार्फत, सन्तोषसहितका आप्रवासी समूह लिबियाबाट इटाली जानका लागि तयारी गरिरहेका थिए । लमजुङको बेंसीसहर–११ घर भएका अविवाहित सन्तोष गत माघमा घर छाडेर युरोप यात्रामा निस्केको उनको परिवारका सदस्यले कान्तिपुरलाई बताए ।

लमजुङकै चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर सन्तोष काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेका थिए । कायरोस्थित नेपाली नियोगका चार्ज डे अफेयर्स सुजन बिडारीका अनुसार, लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको छ । आइओएमले पछिल्लो महिनामा मात्रै २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइसकेको छ । अरु ६ जना नेपाली अहिले पनि आइएमको त्रिपोली शिविरमा रहेका छन् ।

Published on: 4 June 2019 | Kantipur

Back to list

;