s

लेबीको सट्टा होस्टेल चार्ज !

मलेसियामा रोजगारदाताले कामदारबाट होष्टेल शुल्क बढाएर रकम असुल्न खोजेको कामदारहरुले बताएका छन् । मलेसियाली सरकारले सन् २०१८ को जनवरी महिनाको तलव दिँदा कामदारको तलवबाट लेबी काट्न नपाउने व्यवस्थाको घोषणा  गरेको थियो ।
 
मलेसिया सरकारले यसै महिनादेखि कामदारबाट लेबी काट्न नपाउने घोषणा गरेपनि अधिकांश कामदारले कम्पनीले आफ्नो तलवबाट लेबी काट्ने वा नकाट्ने भन्ने बारेमा कुनै जानकारी नपाएको बताएका छन् ।
 
मलेसियाको सिमावर्ती जोहरबारुमा रहेको एक प्लाष्टिक कम्पनीमा कार्यरत  धनुषाका रविन धानुकले केही कम्पनीले कामदारलाई होष्टेल शुल्क बढ्ने बताएको जानकारी दिए । आप्रवासी कामदारको लेबी कामदारबाट नकाट्ने निर्णयपछि  नेपालीको ४ अर्ब वचत हुने अनुमान छ । तर, होष्टेल शुल्क बढे आफूहरु थप मारमा पर्ने कामदारहरुको चिन्ता छ ।
 
मलेसियामा कामदारको तलब प्रायः अर्को महिनाको ७ तारिखतिर दिइने गरिन्छ । यसर्थ जनवरी महिनाको तलब कामदारहरुले फेब्रुअरी ७ तारिखतिर पाउनेछन् । त्यसबेला मात्र कामदारहरुले आफ्नो तलबमा होस्टेल चार्ज लगाइयोे कि लगाइएन भन्ने थाहा पाउनेछन् ।
 
Published on: 21 January 2018 | Madhyanha

Back to list

;