s

लडेर मजदुरको मृत्यु

राजेन्द्र कार्की

जाजरकोट–डोल्पा सडकको चिसापानी बैरीताल पुल निर्माण गर्ने क्रममा लडेर एकजना मजदुरको मृत्यु भएको छ । बारा जिल्ला गढीमाई १५ का २५ वर्षीय सूर्य लामाको मृत्यु भएको हो ।

रुकुम र जाजरकोट जिल्ला जोड्ने सडक पुलको काम गरिरहेका लामा लडेर गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख भावेश रिमालले जानकारी दिए ।
 
मृतक लामा एक महिनादेखि पुल निर्माणका काममा संलग्न थिए ।
 
Published on: 31 March 2018 | Annapurna Post

Back to list

;