s

कुवेतमा अवैधानिक विदेशी कामदारलाई वैधानिक बन्ने र स्वदेश फर्कने मौका

कोशराज राई

कुवेतले अवैधानिक नेपाली सहित विदेशी कामदारका लागि स्वदेश फर्कन वा जरीवाना तिरेर वैधानिक बन्ने मौका दिएको छ। जनवरी २९ देखि फेब्रुवरी २२ अथार्त माघ १५ देखि  फागुन १० गतेसम्मको समयमा कुवेतमा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरीवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको छ । यसअघि कुवेतले सन् २०११ मा पनि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको थियो । त्यसपछि गएको वर्ष आंशिक रुपमा मात्र खोलेकाले नेपाली कामदारले खासै फाइदा लिन सकेका थिएनन् ।
 
यस पटक भने पूर्णरुपमा आममाफी दिएकाले लामो समयदेखि आममाफीको पर्खाइमा रहेका नेपाली सहति विभिन्न देशका नागरिकले फाइदा लिन सक्नेछन् ।कुवेतका स्थानीय सञ्चारमाध्याम र मन्त्रालयले नै उल्लेख गरेपनि कुवेतस्थित नेपाली दूतावासमा आधिकारिक जानकारी नआएको प्रथम सचिव भोगेन्द्र लिङ्देनले बताउनुभयो ।
 
Published on: 24 January 2018 | UjyaaloOnline

Back to list

;