s

कुवेतमा २ महिलाको मृत्यु

घरेलु कामदारका रूपमा कुवेत पुगेका २ महिलाको एक साता अन्तरमा मृत्यु भएको छ । नवलपरासीकी ३९ वर्षीया पविसरा दर्जी र ताम्प्लेजुङकी २१ वर्षीया सविता मगरको मृत्यु भएको हो । कुवेतस्थित आदान अस्पातलको आईसीयूमा नोभेम्बर २३ मा अचेत भर्ना गरिएकी दर्जीको मृत्यु भएको पत्रकार महासंघ कुवेत शाखा सचिव हरिकृष्ण न्यौपानेले बताए ।

अस्पातलले उनलाई उच्च रक्तचाप कारण 'ब्रेन हेमरेज' भएर मृत्यु भएको जानकारी दिएको उनले जनाए । दर्जीलाई कार्य क्षेत्रमा बेहोस भएर उपचारका निम्ति अस्पताल ल्याइएको थियो । उनी ४ वर्षअघि कुवेत पुगेकी थिइन् । उनको शव बिहीबार नेपाल आइपुगेको छ ।

यसैगरी कुवेतस्थित स्वयक बदि्रया अलसवा अस्पतालमा सविता मगरको मृत्यु भएको छ । ब्लड क्यान्सरवाट पीडित मगर तीन महिनादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । तीन वर्षदेखि कुवेतमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी मगरको बिहीबार मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावासले उनलाई बचाउनका लागि रगतको आवश्यकता परेको सूचना सार्वजनिक गरी १३ जना नेपालीले रगत प्रदान गरेका थिए । झापा दमक घर भएकी एक महिला एजेन्टको माध्यमबाट २०६७ पुसमा भारत हुँदै मगर कुवेत पुगेकी थिइन् । उनको शव नेपाल पठाउन प्रक्रिया अगाडि बढाइरहेको दूतावासकी श्रम सहचारी सृजना तिवारीले बताइन् । कुवेतमा करिब ४१ हजार नेपाली महिला कार्यरत छन् । ३१ हजार वैधानिक ढंगले कुवेत पुगेका छन् भने १० हजार अवैधानिक किसिमले छिरेका छन् । रोजगारीका लागि कुवेत पुगेका ९९ प्रतिशतभन्दा बढी महिला घरेलु कामदारका रूपमा कार्यरत छन्

Published on: 25 December 2012 | Kantipur

Back to list

;