s

कुवेतमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४ पुग्यो

होम कार्की 

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या चार  पुगेको छ । 

कुवेतको स्वास्थ्य मन्त्रालयले बिहीबार एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो । कुवेतमा संक्रमित संख्या ९१० पुगेको छ । जसमा १११ जनालाई निको भएको छ । २२ जनाको अवस्था चिन्ताजनक छ । 

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

Published on: 9 April 2020 | Kantipur

Link

Back to list

;