s

कुवेतमा नेपालीका लागि रोजगारीका अवसर बढाइदिन आग्रह

कुवेतस्थित नेपाली दूतावासले कुवेतका रोजगारदाता कम्पनीसँग नेपालीका लागि रोजगारीका अवसर बढाइदिन अनुरोध गरेको छ । कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिसँग शनिबार नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधानका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा दूतावासले यस्तो आग्रह गरेको हो ।
 
कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले रोजगारदाता कम्पनीसँग नेपालीको रोजगारीलाई समस्यारहित तथा उपलव्धिमूलक बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
 
रोजगारदाता कम्पनीका प्रतिनिधिले नेपाली श्रमिकका लागि कुनै पनि समस्या हुन नदिन निरोधात्मक उपायमा जोड दिन आग्रह गरेका दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
कम्पनीका प्रतिनिधिले नेपाली नागरिकका लागि कुवेतमा रोजगारी प्रबद्र्धन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलको प्रसंशा गरेका थिए ।
 
Published on: 18 February 2018 | Ujyaaloonline

Back to list

;