s

कुवेतमा नेपाली मृत अवस्थामा फेला

कुवेतको कवादस्थित कम्वाइन्ड समुहमा कार्यरत हलेसी–५, खोटाङका ३९ वार्षिय नवराज राईलाई मृत अवस्थामा फेला परेको छ । उनी दुई बर्षदेखि कुवेतमा कार्यरत थिए । राईलाई कम्पनीको क्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला परेको कम्पनीमा कार्यरत रोलबहादुर बिकले वताए । उनी शनिवारको काम सकेर क्याम्पबाट वाहिर निस्केपछि कोठामा फर्केका थिएनन् । उनी लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको मृत्युको कारण खुल्न नसकेको नेपाली दूतावासले जनाएको छ ।
 
Published on: 7 February 2018 | Kantipur

Back to list

;