s

कुवेतमा हिरोइन सहित दुई नेपाली पक्राउ

कुवेतस्थित महावुल्लाममा ९ प्याकेट हिरोइन सहित दुई नेपाली पक्राउमा परेका छन् । कुवेतका अमादी सुरक्षा बिभागका अनुसार प्रहरीले शंका लागेर छानबिन गर्दा उनीहरुको साथमा हिरोइन फेला परेको हो । गस्तीमा गएको प्रहरीलाई देख्न साथ ती युवाहरु भागेका थिए ।
 
प्रहरीले पक्राउ परेका नेपालीको पुर्ण बिबरण सार्वजनिक गरेको छैन । कुवेतमा लागु औषध प्रकरणमा झन्डै दुई दर्जन नेपाली जेलमा छन् ।
नेपाली दुताबासले लागु औषध करोवार तथा प्रयोगमा संलग्न नहुन बारम्बार अनुरोध गर्दै आएको छ । कुवेतले गम्भिर अपराधको रुपमा लिइने भएकोले अबस्था हेरी मृत्युदण्ड सम्म दिने कानुनी ब्यबस्था छ ।  
 
Published on: 14 November 2016 | Kantipur

Back to list

;