s

कुवेतमा गैरकानुनी कामदारका लागि अाममाफीको म्याद थपियो

गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने म्याद थप गरेको छ। २९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ सम्म अाम माफीको तोकिएकोमा कुवेत सरकारले थप दुर्इ महिनाका लागि म्याद थप गरेको छ । २२ अप्रिल २०१८ सम्म अाममाफी दिने निर्णय कुवेत सरकारले गरेको हो ।
 
कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाहरुले थपिएको अवधिभित्र आफ्नो प्रकि्रया पूरा गरी बैध बन्न पाउने भएका छन् ।
 
कुवेत सरकारले आम माफीको म्याद थपेपछि नेपाली दूतावासले विज्ञप्ति निकाली नेपाली कामदारहरुलाई सूचित गरेको छ ।आममाफी प्रकि्रया भिसाको म्याद गत २४ जनवरी २०१८ अघि समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा अघि नै स्पोन्सर/कम्पनीले भागेको उजुरी गरेका कम्पनी तथा घरमा काम गर्ने कामदारहरुको हकमा मात्र लागू हुने छ ।
 
तर, २४ जनवरी २०१८ पछि भिसाको म्याद समाप्त भएका तथा २४ जनवरी २०१८ भन्दा पछि स्पोन्सर/कम्पनीले भागेको उजुरी गरेका कामदारहरुको हकमा आममाफी लागू नहुने दूतावासले जनाएको छ ।
 
बैंक एवम वित्तीय संस्थाबाट ऋण लिएर वा मोवाइल फोन लगायतका सामानहरु किस्ताबन्दीमा लिएवापत् सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रा निषेध आदेश जारी भएकाहरु भने यस अवधिभित्र उक्त केस फर्छाैट गरी प्रक्रिया पूरा गरेर नेपाल र्फकन पाउने छन् ।
 
यस्तै दूतावासबाट जारी गरिएको यात्रा अनुमती पत्रको बहाल अवधि तीन महिना उल्लेख भएतापनि आममाफी प्रकि्रया अन्तर्गत नेपाल फर्किनको लागि यात्रा अनुमती पत्र लिएका व्यक्तिहरु भने २२ अप्रिल २०१८ भित्र नेपाल फर्किसक्नुपर्ने छ ।
 
Published on: 21 February 2018 | Onlinekhabar

Back to list

;