s

कुवेतमा एक वर्षमा १६ महिलाको मृत्यु

कुवेतमा एक वर्षको अवधिमा १६ महिलाको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा सो संख्यामा महिलाको मृत्यु भएको हो । यस्तै एक वर्षको अवधिमा मृत्यु हुने पुरुषको संख्या १५ जना रहेको छ । सरकारले कवेतमा घरेलु काममा पठाउन प्रतिबन्ध लगाएपनि अवैधानिक बाटो हुँदै कुवेत पुग्ने धेरै महिलाहरु छन् ।
 
जसले गर्दा उनीहरु कुवेतमा स्थानीय श्रम कानूनले नसमेट्ने कारणले उनीहरू बढी असुरक्षित हुने गरेका छन् । यस्तै सन् २०१७ मा कुवेतबाट विभिन्न समस्याका कारण नेपाल फर्किने महिलाको संख्या २ सय ४९ जना रहेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा सो संख्यामा घरेलु महिला कामदारलाई उद्दार गरेर नेपाल पठाइएको हो । दूतावासका अनुसार कुवेतमा ७० जना नेपाली जेल सजाय भोगिरहेका छन् ।  जसमा महिलाहरु पनि छन् ।
 
Published on: 19 January 2018 | Madhyanha

Back to list

;