s

कुवेतमा अवैध कामदारलाई आममाफीको अवसर

कुवेतमा अवैधानिक रुपमा बसिरहेकाहरुका लागि पुनः रोजगारीका लागि कुवेत जान पाउने गरी करीव तीन साताको लागि आममाफी घोषणा गरेको छ ।
 
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको कुवेतको आन्तरिक मन्त्रालय कुवेतले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारहरुका लागि आम माफीको घोषणा गरेको हो । आगामी जनवरी २९ देखि फेब्रुअरी २२ भित्रमा स्वदेश फर्किन चाहनेहरु फर्किन सक्नेछन् ।
 
त्यसरी फर्किएकाहरु पुनः कुवेतमा रोजगारीका लागि जान चाहेमा जान सक्ने स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । कुवेतका स्थानीय पत्रिकाहरुका अनुसार त्यसरी अवैधानिक रुपमा बसिरहेका कामदारहरुलाई तोकिएको जरिवाना तिरेर कुवेतमा नै रोजगारीको निरन्तरता दिने वा जरिवाना नतिरी स्वदेश फर्किने दुईवटा मध्ये एउटा विकल्प रोज्न दिइएको छ । जरिवाना तिरेर बस्न चाहनेहरुले प्रतिदिन २ कुवेती दिनार (६ सय ८०) रुपैयाँ जरिवाना तिर्नुपर्ने जनाइएको छ ।
 
Published on: 25 January 2018 | Madhyanha

Back to list

;