s

कुवेतमा अवैध कामदारका लागि एक महिने आममाफी सुरु

गोपाल शिवा 

कुवेतले अवैध कामदारलार्इ आममाफी अफर दिएको छ । उसले जनवरी २९ देखि फेब्रुअरी २२ सम्म‌ (माघ १५ देखि फागुन १० गतेसम्म) कुवेतले आफ्नो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अबसर घोषणा गरेको हो ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने जनाएको छ । उक्त अवसरबाट नेपालीहरु पनि लाभान्वित हुने भएका छन् । कुवेतस्थित नेपाली दूतावासले आममाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा वैधानिक भएर काम गर्नेबारे निर्णय लिर्इ प्रकृयाबारे अघि बढ्न आह्वान गरेको छ । दूतावासले एक सूचना जारी गरी पछिल्लो पटक एमनेष्टिबारे स्पस्ट पारेको छ। सूचनामा गैरकानूनी भएका कामदार कसरी स्वदे फर्कन वा भिसा लगाएर कुवेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने उल्लेख गरेको छ ।
 
दूतावासद्वारा जारी सूचना अनुसार कुवेत सरकारले २३ जनवरी २०१८ मा आवासीय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुदा नभएका र यात्रा बन्देज नलगाएका कामदारहरुको हकमा आफुसँग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने व्यवस्थाको गरेको जानकारी दिएको थियो ।
 
अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण लिएका र मोवाइल लिएका भने मुदा एव हिसाब फस्यौटा नभए सम्म जान नसक्ने दूतावासले जनाएको छ । त्यस्तै चोरीको उजुरी नपरेका वा आपराधिक मुदा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनिका कामदारले भने सर्तहरु पुरा गरेर एवम् जरिवाना तिरेर आवासीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ ।
 
राहदानी नभएका कामदारले अनुमति पत्रको लागि नागरिकता वा पासपोर्टको पुरानो प्रतिलिपि एव दुर्इ प्रति निलो पृष्टभूमिमा खिचिएको ६ x ४ cm को फोटो सहित नेपाली दुतावासमा सम्पर्क गर्न समेत दुतावासले जानकारी गराएको छ ।
 
Published on: 29 January 2018 | Annapurna Post

Back to list

;