s

कुवेतमा ६ नेपाली पक्राउ

कुवेत प्रहरीले गैरकानुनी रूपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल–अब्दुल्लाहा क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।
 
कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार गैरकानुनी रूपमा मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न हुँदै आएको पत्रकार महासंघ, कुवेत शाखाका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । ‘कुवेतमा मदिरा सेवन र बिक्री वितरणमै रोक लगाइएको छ, तैपनि लुकीछिपी बिक्री हुँदै आएको देखिन्छ,’ उनले भने, ‘हरेक दिनजसो नेपाली नै पक्राउ परिरहेका छन् ।’
 
Published on: 11 June 2018 | Kantipur

Back to list

;