s

कुबेतमा ११ नेपाली अलपत्र

रोजगारीका लागि कुबेत पुगेका ११  नेपाली अलपत्र परेका छन् । सामाखुशीमा रहेको एसआर मेनपावरमार्फत कुबेतको माबुल्ला पुगेका उनीहरूले दुई महिनादेखि रोजगारी नपाएको पीडित चिजाई पुनमगरले बताए।
 
एसआर मेनपावरलाई एक लाख १५ हजार रुपैयाँ बुझाएको बताउने उनले समस्यामा पर्दा मेनपावरले कुनै वास्ता नगरेको बताए । पीडितले घर फर्कन चाहेका छन्  । उनीहरू कुबेतको अलकुट कम्पनीमा सरसफाइको काम गर्ने श्रम सम्झौतामा गएका हुन् । तर, कुबेत पुगेपछि पनि अर्कै कम्पनीमा पु¥याइएको र त्यहाँ काम नपाएको अर्का पीडित राजबहादुर रोकायले बताए।
 
मासिक ४४ हजार दुई  सय रुपैयाँ पाउने सम्झौतामा ११ जना कुबेत गएका थिए ।  उनले दुई महिनादेखि खानका लागि आवश्यक रकमको अभाव भइरहेको र स्थानीयको सहयोगमा गुजारा चलाइरहेको गुनासो गरे । पीडितका आफन्तले सम्झौता अनुसार काम पाउनु पर्ने नभए सकुशल घर फिर्तीकोमाग राखेका छन्।
 
Published on: 20 February 2018 | Nagarik

Back to list

;